१३ जेठ, नवलपरासी । बर्दघाट नगरपालिकाले सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु धमाधम हटाउन थालेको छ । केही समय यता नगरपालिकाले नगर प्रहरी र डोजर प्रयोग गरेर अतिक्रमित संरचनाहरु भत्काउँदै आएको छ ।
बर्दघाट नगरपालिकाको वडा नम्बर ४ ले यस अघि सुचना प्रकाशन गरी बर्दघाट बजार सव डिभिजन बन कार्यालयको अगाडि बर्षौँ देखी टहरा बनाएर ब्यबसाय संचालन गर्दै आएकाहरुलाई संरचना हटाउन आग्रह गरेको थियो । संरचना हटाउन ७ दिनको समय अबधी दिईएकोमा संरचनाहरु नहटाईएपछि नगरपालिकाले आईतबार तिनै संरचनाहरुमा डोजर चलाएको छ ।
आफुहरु बषौँ देखी बस्दै आएको बताउँदै ब्यापारीहरुले नगरपालिकाले बलजफती हटाउन लगाएको गुनासो गरेका थिए । नगर प्रहरी, नेपाल प्रहरी, बन रक्षक संगै जनप्रतिनिधि र सामुदायिक बनका पदाधिकारी, सव डिभिजन बन बर्दघाट सरावलका कर्मचारीहरु संगै बर्दघाट नगरपालिकाको डोजर संरचना हटाउन पुगेपछि केही बेर ब्यापारीहरु आक्रोसित भएका थिए ।
उनीहरुले आग्रह पुर्वाग्रका आधारमा आफुहरुका मात्र टहरा हटाउने काम भए स्विकार्य नहुने बताउँदै बन क्षेत्रको जग्गा, सार्वजनिक जग्गा अतिक्रमण गरी बनाईएका पक्की संरचना पनि हटाउनुपर्ने माग राखेका थिए ।
आईतबारनै वडा कार्यालयले सुचना जारी गरी संरचनाहरु हटाउन म्याद दिएको समयमा संरचना नहटाईएकको बर्दघाट टिसिएन चोक देखी बसपार्क सम्मका टहराहरुमा पनि डोजर चलेको छ । बसपार्क आसपास सडक मापदण्डको १५ मिटर क्षेत्र भित्र पर्ने सबै टहरा हटाउन वडा कार्यालयले ७ दिनको सुचना प्रकाशन गरेर जानकारी गराएको थियो ।
बर्दघाट नगरपालिकाले अतिक्रमित क्षेत्रमा बनाईएका संरचनाहरु हटानका लागि डोजर चलाउन सुरु गरे संगै मिश्रित प्रतिकृया आईरहेका छन् । कतिपयले कुनै विकल्प विना संरचनाहरुमा डोजर लगाएको भन्दै आलोचना गरेका छन् भने कतिपयले नगरपालिकाले ढिलै भए पनि राम्रो कामको सुरुवात गरेको बताउँदै आएका छन् ।
नगरपालिकाले यस अघि वडा नम्बर ९ र ११ को सिमाना सुनटाँडिमा नक्सामा मात्र सिमित भएको कुलो खोल्ने काम र बर्दघाट ४ कै बजार क्षेत्रमा घोला क्षेउँमा अतिक्रमण गरी निर्माण गरेका संरचनामा डोजर चलाएर हटाईसकेको छ ।
बर्दघाट बसपार्क देखी शसस्त्र प्रहरी सिमा सुरक्षा बल तालिम केन्द्र सम्म अतिक्रमित संरचना सोमबार हटाउने नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताउनुभयो । श्रेष्ठले कसैलाई आग्रह पुर्वाग्रह नराखी सार्वजकि जग्गा संरक्षण र अतिक्रमित संरचना हटाउने कार्यमा निरन्तर लागिरहेको बताउनुभएको छ । उहाँले खोला घोला सफाई, सडक र नदिकिनारका अतिक्रमति संरचना हटाउने, सार्वजनिक जग्गाको खोज पहिचान र संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाईएको बताउँदै सुरुवातमा केही आक्रोस पुर्ण प्रतिक्रिया आए पनि नगरको विकासमा सबै नागरिकको सकारात्मक साथ रहनेमा आफु आसाबादी रहेको बताउनुभयो ।
प्रतिक्रिया