+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सडक आसपासका संरचना हटाउन ७ दिने सुचना

न्यूज कुरा
२०८१ जेष्ठ ७, सोमबार

७ जेठ, नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ को कार्यालयले सडक मापदण्ड भित्र पर्ने संंरचना हटाउन सुचना जारी गरेको छ ।

बर्दघाटको त्रिवेणी चोक, दक्षिणतर्फ त्रिवेणी रोड शसस्त्र प्रशरी सिमा सुरक्षा बल र बसपार्क आसपासमा सडक मापदण्ड भित्रका संरचना हटाउन सार्वजनिक सुचना जारी भएको छ । वडा नम्बर ४ को कार्यालयले ७ दिनको समय अवधी दिएर ठाउँ खालि गरिदिन आईतबार सुचना जारी गरिएको कार्यबाहक वडा अध्यक्ष जनक बहादुर रावलले जानकारी दिनुभयो ।

सुचना प्रकाशन भए संगै बर्दघाट त्रिवेणी सडकखण्डको मापदवड अनुसार सडक देखी ३० मिटर भित्र पर्ने संचनाहरु हटाउनुपर्ने भएको छ ।
लुम्विनी प्रदेशको पुर्वी प्रवेशद्धारको रुपमा रहेको बर्दघाट नगरपालिकाको टिसिएन चोक बर्दघाट बसपार्क क्षेत्रको सरसफाई संगै सौन्दर्यीकरण गरी सफा र सुन्दर नगरको परिचय बनाउन सबैले साथ दिन आग्रह गरिएको छ ।

स्थानिय बासिन्दा, आम ब्यापारी बर्ग, समाजसेवी, बुद्धिजिवि, संघ संस्था साथै राजनितिक दलबाट पूर्ण साथ, समर्थन र सहयोगको अपेक्षा रहेको वडा कार्यालयले सामाजिक संजाल फेसबुक मार्फत पनि उल्लेख गरेको छ । ७ दिन भित्र ठाउँ खाली नगरिए बर्दघाट नगरपालिकाको नियम अनुसार कारबाही हुने सुचनामा उल्लेख छ ।

यस अघि जेठ २ गते वडा कार्यालयले वडा नमबर ४ स्थित पुर्वपश्चिम लोकमार्ग अन्तरगत बजार क्षेत्रमा सार्वजनिक सौचालय रहेको क्षेत्र आसपासमा रहेका अस्थायी टहरा हटाउन ७ दिने सुचना जारी गरिसकेको छ ।

नगरपालिकाले पुराना कुलो खोज्ने र पुन निर्माण गर्ने, खोला घोला सरसफाई संगै किनारका अतिक्रमण हटाउने, सार्वजनिक जग्गाको संरक्षण गर्ने, सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउने कार्यलाई तिब्रता दिएर काम अगाडि बढाईरहेको छ ।

नगरपालिकाले वडा नम्बर ९ र ११ मा पर्ने सुनटाँडिमा अक्रिमण गरी नामनिसान नै मेटीएको कुलो नक्सा अनुसार खोल्ने कार्य संगै वडा नम्बर ४ बजार क्षेत्रमा खोला किनार अतिक्रमण गरी निर्माण भएका टहरामा डोजर चलाएर हटाईसकिएको छ । पछिल्लो पटक नगर प्रमुख सम्भुलाल श्रेष्ठ अतिक्रमित संरचना हटाउन आफै सक्रिय हुँदै आईरहनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ