+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अतिक्रमित संरचनामा डोजर लगाउँदै बर्दघाट नगरपालिका

न्यूज कुरा
२०८१ जेष्ठ ३, बिहीबार

३ जेठ, नवलपरासी । बर्दघाट नगरपालिकाले अतिक्रमित कुलो, घोला संगै खोला किनारमा निर्माण भएका संरचना हटाउने कार्यलाई तिब्रता दिदैँ गएको छ ।

अतिक्रमित भई नक्सामा सिमित भएका कुलोको खोजी र अतिक्रमित हुँदै गएको खोला किनारका संरचना हटाउनका लागि नगर प्रमुख सम्भुलाल श्रेष्ठ डोजर लिएर आफै फिल्डमा उत्रिनुभएको छ । बुधबार वडा नम्बर ९ र ११ को सिमाना सुनटाँडिमा नक्सा अनुसारको साविकको कुलो खोल्ने काम गरेको नगरले विहिबार बर्दघाट ४ आनन्दनगर टोलमा खोला छेउँमा निर्माण भएको टहरा हटाउन, नगर प्रहरी, नेपाल प्रहरीसहितको टोली लिएर श्रेष्ठ आफै खट्नुभएको थियो ।

अतिक्रमित भएको कुलो खोल्ने काम भएपछि एकातर्फ पानीको उचित निकास हुँदा डुवानको जोखिम कम हुने अर्कोतर्फ खेतियोग्य जमिनमा सिँचाईको सहजता हुने नगर प्रमुख श्रेष्ठले बताउनुभएको छ । नगरपालिकाले डुवानको समस्या कम गर्न खोला, घोला सरसफाई लाई निरन्तरता दिईरहेको र सार्वजनिक जग्गाको खोजी र संरक्षणको लागि अभियाननै संचालन गरिरहेको उहाँको भनाई छ ।

सार्वजनिक क्षेत्र अतिक्रमण गरि निर्माण भएका संरचना हटाउन सबैले सहयोग गर्न श्रेष्ठले आग्रह गर्नुभएको छ । खोला किनारमा रहेका अतिक्रमित संरचना हटाएर सौन्दर्यीकरण गर्ने गरि योजना अगाडि बढाईएको पनि उहाँले बताउनुभयो । नगरपालिकाले सबै वडामा यस कार्यलाई निरन्तरता दिने बताउँदै अतिक्रमित संरचना हटाउन सम्बन्धीतलाई सुचित गरिएको र अटेरी गरे बल प्रयोग गरेरै भएपनि हटाईने बताउनुभयो ।

नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमित संरचना हटाउन सुरु गरे संगै यस कार्यले निरन्तरता पाउनुपर्ने नागरिकहरुको अपेक्षा रहेको छ । नगरको विकासमा स्थानिय सरकारले उदासिनता देखाएको भन्दै आलोचना भैरहँदा पछिल्लोपटक बालेनकै शैलिमा बर्दघाटमा अतिक्रमित संरचना हटाउने कार्य सुरु भएकोहो ।

भएका खोला घोला अतिक्रमित हुँदै जाने, कुलोहरुको नामोनिसान मेटिँदा पानीको उचित निकास नहुँदा बर्दघाट नगरपालिकाका विभिन्न भुभागहरु डुवानमा पर्दै आईरहेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ