२ जेठ, नवलपरासी
बुटवल नाायणगढ सडकखण्ड अन्तरगत सडक विस्तारको काममा ढिलासुस्ती र लापरबाही गरिएको भन्दै बर्दघाटका स्थानियहरु विरोधमा उत्रिएका छन् । स्थानियले सडक विस्तारको जिम्मा पाएको ठेकेदार कम्पनी चाईना स्टेटका गाडिहरु संचालनमा रोक लगाएका छन् ।
बर्दघाट स्थित शान्तिनगर नजिकै खहरे खोलाको पुल निर कम्पनीका टिप्परहरु, स्काभेटर, लगायतका गाडिहरु रोकीएको स्थानिय अर्जुन पाण्डेले बताए । राजमार्ग विस्तारको काममा ढिलाई हुँदा धुलो हिलोले जनजीवन नै कष्टकर बनीरहेको , स्वास्थ्यमा गम्भिर असर भोग्न परेको, नाली निर्माणमा कमसल र गुणस्तरहिन सामग्रीको प्रयोग भएको, पुल पुनीको भाग उच्च बनाईदिँदा बस्तीहरु डुवानमा परेको लगायतका समस्या देखाउँदै स्थानियहरु सडकमै उत्रीएका छन् ।
कम्पनीका सम्बन्धीत ब्यक्तिहरुलाई पटक पटक समस्याका बारेमा जानकारी गराउँदै आए पनि सधै आलटाल गर्ने गरेको र दिन प्रतिदिन समस्या थपिदै गएकोले बाध्य भएर विरोधमा उत्रिनुपरेको स्थानिय कुलप्रशाद शर्माको भनाई छ ।
स्थानियले उठान गरेका समस्या समाधानका लागि तत्काल पहल नभए कम्पनीका गाडिहरु कुनैपनि हालतमा संचालनमा आउन नदिने स्थानियले बताएका छन् । अहिले कम्पनीका गाडिहरु राजमार्गमा यातायात संचालनका लागि कुनै अवरोध नहुने गरी राजमार्ग छेउँमा रोकेर राखिएको छ ।
सडक विस्तारमा भएको ढिलासुस्तीले राजमार्ग आसपासका बासिन्दाहरु धुलो र हिलोले प्रताडित बन्दै आईरहनु परेको छ भने सवारीसाधन दुर्घटनाका घटनाहरु बढिरहेका छन् ।
प्रतिक्रिया