२१ बैशाख, नवलपरासी । बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले यो शैक्षिक शत्र शैक्षिक सुधारको बर्ष भएको बताउनुभएको छ । वडा नम्बर १३ धनेवामा रहेको जयन्ती आधारभुत विद्यालयमा नवनिर्मित २ कोठे पक्की भवनको उद्घाटन गर्दै श्रेष्ठले शिक्षाको विकास नगरको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।
नगरपालिकाले सबै विद्यालयमा आधारभुत आवश्यकता पुरा गर्ने गरी योजना अगाडि बढाएकोले सबैको ध्यान शैक्षिक गुणस्तर सुधार तर्फ हुनुपर्नेमा श्रेष्ठको जोड रहेको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक जितेन्द्रलाल जैसीले विद्यालयमा विद्यार्थी संख्या राम्रै रहेकोले पुराना भवनहरुको ठाउँमा नयाँ भवन बनाउनका लागि थप योजनाको आवश्यकता रहेको बताउनुभयो । अब जयन्तीलाई मावि विद्यालयमा स्तर उन्नती गर्नका लागि सबै पक्ष सकारात्मक भएर अगाडि बढ्नु जरुरी रहेको जैसीको भनाई थियो । उहाँले नगरपालिकाले भवन निर्माणका लागि सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद ढुङ्गानाले विभिन्न समस्या र चुनौती पार गर्दै विद्यालयलाई समुदायले विश्वास गर्ने बाताबरण तयार भएको बताउनुभयो । अभिभावको तर्फबाट विद्यालयका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको ढुङ्गानाको भनाई छ ।
कार्यक्रममा विललयका सल्लाहकार तथा पुर्व अध्यक्ष तोलाकान्त चापागाई, सल्लाहकार मनोज सुवेली, मनोज कार्की लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थयो ।
नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाखको लगानीमा भवन निर्माण भएको हो ।
यो शैक्षिक शत्र शैक्षिक सुधारको बर्ष हो : नगर प्रमुख श्रेष्ठ
२०८१ बैशाख २१, शुक्रबार

प्रतिक्रिया