+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाह्रय शक्ति बाट सहयोग लिए पनि हस्तक्षेप हुन दिनु हुँदैन : केपी ओली

न्यूज कुरा
२०८१ बैशाख २१, शुक्रबार

२१ बैशाख, नवलपरासी
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले बाह्रय शक्ति बाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताउनुभएको छ । नेकपा एमाले पश्चिम् नवलपरासीको ९ औं अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै उहाँले बिदेशी हस्तक्षेप हुन नदिन सबै एकजुट हुनु पर्नेमा जोड दिनु भयो ।

देशलाई निर्णायक तहबाट बिकास गर्नु पर्ने उल्लेख गर्दै बाह्रय शक्ति बाट सहयोग लिए पनि हस्तक्षेप हुन दिन नहुने बताउनु भयो ।अहिले नेकपा एमाले सरकारमा रहेपनि देशको निर्णायक तहमा नरहेको बताउदै मिसन ८४ मार्फत पार्टीलाई निर्णायक शक्तिमा पुर्याईने दावी गर्नु भयो ।

“२०७४ सालको निर्वाचनमा नेकपा एमाले करिब दुईतिहाई नजिक पुगेको थियो।तर केही पुरानै नेतृत्वको बिबेकहिनले पार्टी फुटको संघारमा पुग्यो“ओलिले भन्नू भयो ।

देशको सिमा रक्षा,स्वाधिनता र अखण्डताका निम्ति नेकपा एमाले बिगत देखि नै एक्लो रुपमा उभिदै आएकाले मिसन ८४ नै निर्णायक हुने अध्यक्ष ओलिले बताउनु भयो ।

अध्यक्ष ओलिले आज बिहान सुस्ता क्षेत्रको समेत निरीक्षण गरेको बताउदै सिमा रक्षाको आवाज उठाउदा आफू तत्कालीन शासक बाट जेल परेको समेत स्मरण गर्नु भयो।“तत्कालीन शासकले सिमा रक्षा,स्वाधिनताको रक्षा गर्नु पर्छ भनेर आवाज उठाउदा अनाहकमा मलाई जेल हाल्यो।तर हामिले अहिले सम्म पनि यो आवाज उठाउदै आईरहेका छौ“उहाँले भन्नू भयो ।

अधिबेशनको उद्घाटन शत्रमा बोल्दै अध्यक्ष ओलिले पार्टीमा गरेको योगदान र कार्यक्षमताका आधारमा सर्वसम्मत नेतृत्व चयनका लागि सुझाउदै उहाँले तल्लो तहका आम कार्यकर्ताकै कारण पार्टी जोगिएको बताउनुभयो ।ओलि ले सुस्ता र रामग्राम स्तुपको समेत अवलोकन गर्नु भएको छ ।रामग्राम नगरापालिकाका नगरप्रमुख धनपत यादवले अध्यक्ष ओलिलाई रामग्राम स्तुपका बारेमा जानकारी गराउदै यसको बिकासमा पहल गरिदिन आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ