+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ घर बनेपछि सुमित्रा आमा दङ्ग

रमाउँदै गरीन गृह प्रवेश

न्यूज कुरा
२०८१ बैशाख २१, शुक्रबार

२१ बैशाख, नवलपरासी
खरले छाएको सानो झुपडी घर, न पानी ओत्थ्यो नत घामनै । न घरमा छाक टार्नका लागि प्रसस्त अन्नपात । उमेर झण्डै डाँडामाथीको जुन जस्तै तर सकी नसकी दैनिकी गुजार्नु बाध्यता ।

विपन्नता र अभावमा रोमलीएकी बर्दघाट ४ बाढिपिडितकी सुमित्रा सुनार आमाले आफ्नो नयाँ घर बन्ला र बुढेसकालमा भएपनि खुसी मिल्ला भनेर कहिल्यै सोचेकी थिईनन् ।

जब तिनै आमाको दुःख बर्दघाटका मनकारी युवाहरुले देखे तब एक महिनामै आमाका लागि घर तयार भयो । सामाजीक अभियान्ताका रुपमा उदाउँदै गरेका युवा चित्रबहादुर बर्मा उर्फ कप्तानले आफ्नो सामाजीक संजाल मार्फत आमाको घर बनाउनका लागि अभियान संचालन गरेसंगै उनीसंग बर्दघाट ४ का वडा सदस्य जनक रावल, युवा ब्यबसायी गोविन्द आचार्य लगायतका युवाहरु जोडिन पुगे । अभियानका माध्यमबाट नगद तथा जिन्सी संकलन भएपछि आमाको चिटिक्कको घर बनेको हो ।

शुक्रबार आमालाई नयाँ घरमा गृह प्रवेश गराईएको छ । नयाँ घरमा प्रवेश गर्न पाउँदा खुसीले दङ्ग हुनुहुन्छ । घरमा प्रवेश गरेपनि कतै लामो समय बस्न नपाउँदै मर्छुकी भन्ने चिन्ताले आमालाई पिरोलेको छ ।

 

नयाँ घर बन्दा आमा मात्र होईन उहाँका छिमेकीहरु पनि खुसी छन् । आमालाई सहयोग गर्नेहरु पनि खुसीनै छन् । स्थानिय तारा भण्डारीले सुमित्रा आमा नयाँ घरमा प्रवेश गर्दै गर्दा निकै खुसी लागेको बताउनुभयो । आमाले निकै कस्टकर जीवन विताएको तर अहिले देश विदेशबाट सबैले सहयोगबाट नयाँ घरमा प्रवेश गरेकोमा भण्डारीले सबैलाई धन्यबाद दिनुभयो ।

आमाको घर बनाउनका लागि अभियानमा सहयोग गरेका बर्दघाट ४ मर्चाघोलाका थमन बहादुर बोहोराले आमालाई सहयोग गर्न पाउँदा हर्सित भएको बताउनुभयो ।

 

आमाको घर बनाउनका लागि उठेको सहयोग, लागेको खर्च पनि शुक्रबार गृह प्रवेश संगै सार्बजनिक गरिएको छ । अभियान्ता मध्येका एक गोविन्द आचार्याले आमाको घर बनाउँदा एकातर्फ खुसी भए पनि अर्को तर्फ स्थानिय सरकारको अनुभुति गर्न नपाएको भन्दै दुखी बन्नुभयो ।
आमाको घर निर्माण अभियानमा नगद तथा जिन्सी गरी कुल २ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ बराबर संकलन भएकोमा २ लाख ३३ हजार ७ सय ७१ रुपैयाँ खर्च भएको आचार्यले जानकारी दिनुभयो । बचेको रकम आमाकै नाममा रहेको बैंक खातामा राखिदिएको बताउनुभयो ।

अभियानमा मुख्य भुमिका निर्वाह गरेका कप्तानले आमाको घर बनाउनका लागि आर्थिक अभाव भए गलामा लगाएको सिक्रिनै बेच्च तयार रहेको बताएपनि सबैको सहयोगले सिक्रि बेच्च नपरेको बताउनुभयो । उहाँले यस्ता काम स्थानिय सरकारले गर्नुपर्ने भए पनि सरकारले दिन दुखीका कुरा नसुन्दा आफुहरुले अभियान संचालन गर्नुपरेको बताउनुभयो । आगामी दिनमा पनि दिन दुःखीको सेवामा निरन्तर खट्ने उहाँको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ