२१ बैशाख, नवलपरासी । बर्दघाट ७ जिमिरेभारमा ५ दिने निशुल्क योग विज्ञान शिविर संचालन हुने भएको छ । त्रिनेत्र जेष्ठनागरिक दिवा सेवाकेन्द्रको आयोजना मा संचालन हुने योग विज्ञान शिविरमा पतञ्जली योग समिति त्रिनेत्रधाम जिमिरेभारको सहकार्य र बर्दघाट नगरपालिकाको संरक्षकत्व रहेको छ ।
केन्द्रले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी योग शिविरलाई भब्य रुपमा सफल बनाउनका लागि सबैलाई आग्रह गरेको छ । शिविरका संयोजक तथा पतञ्जली योग समति त्रिनेत्रधाम जिमिरेभारका अध्यक्ष नरेश पंगेनीले योगको माध्यमबाट स्वस्थ नागरिक, स्वस्थ घर, स्वस्थ समाज हुँदै स्वस्थ देश बनाउने उद्देश्य रहेको बताउनुभयो ।
समितिले निरन्तर योग संचालन गर्दै आए पनि बैशाख २४ देखी २८ गते सम्म विहान ५ बजे देखी ७ बजे सम्म शिवर सञ्चालन हुने हुँदा सबैलाई सहभागि हुन पंगेनीले आग्रह गर्नुभएको छ ।
शिविरमा केन्द्रिय योग गुरुहरुबाट योग अभ्यास गराईने बताईएको छ । त्रिनेत्रधाममा संचालन हुने शिविरमा ५ हजार जनाले सहभागिता जनाउने अपेक्षा आयोजकको रहेको छ । निशुल्क रुपमा संचालन हुने शिविरका लागि बर्दघाट नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
प्रतिक्रिया