+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मेला लगाएर आम्दानी लिने उ.बा.संघ, फोहोर उठाउने युवा

न्यूज कुरा
२०८१ बैशाख १३, बिहीबार

१३ बैशाख, नवलपरासी
मेलालाई मुख्य आम्दानीको श्रोत बनाउँदै आएको बर्दघाट उद्योग बाणिज्य संघ जिम्मेवारी बोधमा भने गम्भिर बन्न सकेको छैन ।

संघले गत चैत्र २३ गते देखी बैशाख ३ गते सम्म बर्दघाट मण्डपमा मेलाको सातौं संस्करण सम्पन्न ग¥यो । तर त्यहि मेलाका कारण उत्पन्न भएको फोहोर ब्यबस्थापनमा भने कुनै चासो देखाएन ।

मेला सकिएको झण्डै दुई साता हुनै लाग्दा मेलामा रहेका पलाष्टिकजन्य फोहोर हावा हुरीले यत्रतत्र उडाएर वाताबरणनै प्रदुषित बनायो । फोहोरका कारण हरियालीनगरका बासिन्दा प्रभावित भने ।

विगतका मेलाहरुमा हरेक दिन मेला स्थलबाट फोहोर संकलन गरी ब्यबस्थापन गर्दै आईरहेको बर्दघाट बजार विकास समितिले यसपटक फोहोर संकलन गरेन । फोहोर ब्यबस्थापनका लागि कर्मचारी खटाउनुपर्ने र त्यसका लागि खर्च आउने भएकोले उद्योग बाणिज्य संघले ठेकेदारलाई जिम्मा रहेको बताएपछि मेलाको ठेकेदार संग कुरा गर्दा चासो नदिएका कारण फोहोर उठाउन नसकिएको बजारविकास समितिका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

मेला संचालन गरेबापत ठेकेदारबाट उद्योग बाणिज्य संघले लाखौं रकम बुझ्ने गर्दछ । यसो त मेलाका नाममा संस्थाको नाम बेच्ने र स्थानिय पुँजी पलायन प्रति गम्भिर नभएको उद्योग बाणिज्य संघलाई आरोप लाग्दै आईरहेको छ ।

हुन पनि त्यस्तै भयो । मेला सकिएपछि मेला स्थलमा रहेको फोहोर ब्यबस्थापन गर्नुपर्नेमा लामो समय सम्म फोहोस ब्यबस्थापन हुन सकेन । संघलाई पटक पटक फोहोर ब्यबस्थापन गर्नका लागि आग्रह गरे पनि ठेकेदारलाई देखाएर जिम्मेवारीबाट पन्छिएको स्थानिय बताउँछन् ।

फोहोरले बर्दघाट मण्डप कुरुप त बनेकै थियो हावा हुरीले प्लाष्टिकजन्य फोहोर उडाएर नजिकैको बस्ती र जंगल क्षेत्रमा पु¥याएका कारण यसले पर्यावरणमै गम्भिर असर पार्ने अवस्था रहेको थियो । संघ लाई पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि एकजना युवा चित्रबहादुर बर्मा कप्तानले सामाजीक संजालमा स्टाटस लेखेर फोहोर उठाउनका लागि ईच्छुक सबैजना जुट्नका लागि आग्रह गरे । बर्माकै आग्रह अनुसार बुधबार ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसु बर्दघाट शाखाका कर्मचारीहरुको टोली संगै अन्य केही युवाहरु स्व स्फुर्त रुपमा फोहोर संकलनमा सहभागि बने ।

मेला लगाएर रकम लिने उद्योग बाणिज्य संघ फोहोर सफा गर्न ठेकेदारलाई देखाएर तर्किन नमिल्ने बर्माको भनाई छ । उनी भन्छन् “स्थानियले ठेकेदारलाई चिनिदैन मेला बर्दघाट उद्योग बायिाज्य संघले लगाएको हो फोहोर ब्यबस्थापनको जिम्मेवारी पनि संघलेनै लिनुपथ्यो तर आर्थिकमा मात्र केन्द्रित भएको देखियो । त्यसैले हामीले फाहोर उठाएका हौं ।”

मेलाबाट उत्पादन भएका प्लाष्टिक जन्य फोहोरले पर्यावरणमा गम्भिर असर गर्ने भएकोले आफुहरु टिम नै सरसफाई कार्यमा खटिएको सुविसु बर्दघाटका प्रमुख अर्जुन भण्डारीले बताउनुभयो । सामाजीक संजालमा देखेर सरससफाईमा सहकार्य गरिएको भण्डारीको भनाई छ ।

उद्योग बाणिज्य संघका महासचिव गंगा पाठकले सरसफाई गर्ने काम सरसफाई समितिको जिम्मेवारी बताउनुभयो । पाठकले भन्नुभयो“ मेला सकिएपछि सामान उठाउँदै थिए त्यसपछि हामीले सरसफाई गर्नुपर्ने थियो सरसफाई समिति बनाएकोले समितिले गरेहोला भन्ठानेका थियौँ तर भएको रहेनछ ।”

अध्यक्ष लेखनाथ न्यौपानेले भने सरसफाईको विषय अनावश्यक मार्केट लिएकोे बताउनुभएको छ । आफुहरुले सरसफाईका लागि ३ जनालाई खटाएका थियौं । उनीहरुले सफा गरिरहेकै थिए युवाहरु विहानै आएर सफा गर्नुभएछ । फोहोर उठाउने जिम्मेवारी हाम्रो हो हामीले गछौं ।”

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ