+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनप्रतिनिधिलेनै बुझेनन् मेलमिलापकर्ताको भुमिका

न्यूज कुरा
२०८१ बैशाख १०, सोमबार

१० बैशाख, नवलपरासी । जनप्रतिनिधिलेनै मेलमिलापकर्ताको भुमिका नबुझिदिँदा न्याय सम्पादनमा कठिनाई हुनेगरेको छ । बर्दघाट नगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ता संगको चौमासिक समिक्षा गोष्ठीमा न्याय निरुपणमा जनप्रतिनिधिले प्राथमिकता नदिनेगरेको विषयको उठान भएको छ ।

 

गोष्ठीमा सहभागिहरुले न्यायिक समितिलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । स्थानिय स्तरको न्याय निरुपणमा न्यायिक समितिको भुमिका महत्वपुर्ण हुने सहभागीहरुको जोड रहेको थियो । कतिपय अवस्थामा जनप्रतिनिधिहरुले मेलमिलापकर्ताको भुमिका नबुझिदिँदा न्याय निरुपणमा समस्या हुनेगरेको उनीहरुले बताएका छन् ।

 

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले मेलमिलाप कर्ताहरुलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन र यसको प्रभावकारीता वृद्धि गर्न आफूहरु लागि पर्ने बताउनुभयो ।
बर्दघाट नगर उपप्रमुख एवं न्यायीक समिति सयोजक रुद्र प्रकाश उपाध्यायले जनप्रतिनिधिले मेलमिलापकर्ताको भुमिका नबुझेको बताउनु भऐको थियो । मेलमिलापकर्ता र न्याय सम्पादकको सिलसिलामा जनप्रतिनिधिहरुले कम प्राथमिकता दिएको न्यायीक समिति सयोजक उपाध्यायको भनाइ छ ।

त्यस्तै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले पछिल्लो समय न्यायीक समितिमा उजुरीको संख्या बढेको भन्दै समिति प्रति नागरिकको विश्वास बढेका आभास भएको बताउनुभयो ।
न्यायीक समिति शाखा प्रमुखले जमुना सुबेदीले जनप्रतिनिधि र मेलमिलापकर्ताहरु समन्वयको अभाव देखिएको बताउनु भएको थियो ।

कार्यक्रममा बर्दघाट ९ का मेलमिलापकर्ता सयोजक राजु बिश्वाले अधिकांश उजुरीहरु वडामा आउने र वडामा आएका उजुरीहरु वडा जनप्रतिनिधिहरुले आफू अनुकुल निर्णय गरेर मिलाउने गरेको बताउनुभयो ।

बर्दघाट ४ का सिद्दीबिलास हमालले बिगत भन्दा अहिले प्रक्रिया राम्रो भएको बताउनु भयो । हमालले बिगत भन्दा अहिले राम्रो भएको तर वडा र अहिलेका वडा अध्यक्ष र वडा सदस्यले नै कुनै पनि समन्वय नगरेको बताउनुभयो ।

वडा स्तरीय मेलमिलापकर्ताहरुको सयोजकले अरु मेलमिलापकर्ताहरुलाई फोन गर्नु पर्ने र समय समयमा बैठक सञ्चालन गर्नु पर्ने जसका लागी नगरले कुनै वस्ता नगरेको हमालले उल्लेख गर्नु भयो ।

 

बर्दघाट ८ का मेलमिलापकर्ता झमन बहादुर आलेले नगरलेको समन्त्रले नै मेलमिलापको बिषय नै नबुझेको बताउनु भयो । गत बर्ष नगरले ७ दिनको तालिम दिएको तर पुर्ण नभएकाले अरु थप २१ दिनको तालिम चाहिने बताउनुभयो ।

 

जनप्रतिनिधिले सत्ता र शक्तिका आधारमा निवेदन लिने र बोलाउने गरेको बर्दघाट १० कि मेलमिलापकर्ता सुशीला पौडेलले बताउनु भयो । जनप्रतिनिधिले मेलमिलापकर्ताले गर्ने काम नबुझेका र यस बिषयमा जनप्रतिनिधिहरुलाई नै तालिम दिनु पर्ने आवश्यकता रहेको पौडेलले बताउनुुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ