+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आगलागीको चपेटामा गुल्मी, ८९ घरगोठ जले

न्यूज कुरा
२०८१ बैशाख ९, आईतवार

९ बैशाख, गुल्मी । गुल्मी जिल्ला आगलागिको उच्च चपेटामा परेको छ । जिल्लाका विभिन्न स्थानका बनहरुमा लागेको आगो हावाहुरीका कारण बस्तीमा सल्कींदा ८९ वटा घरगोठ जलेका छन् ।

 

आगलागीले मानविय क्षती नभए पनि करोडौंको धनमाल क्षती भएको छ । ७५ वटा पशु चौपायाको जलेर मृत्यु भएको छ ।

 

जिल्लाको इस्मा गाउापालिका वडा नम्बर २ सिदुङखा र हाडीखोलामा १६ बटा घर र १९ वटा गोठ पुर्णरुपमा जलेका छन् । वडा नम्बर ४ मुर्कीना, कोटकोटेरी र हुलमा १० वटा घर र १६ वटा गोठमा पुर्ण क्षती पुगेको छ ।

 

हावाहुरी सहित फैलिएको आगलागीले मालिका गाउँपालिका ग्लाचौरमा २ वटा गोठ, गुल्मी दरवार गाउँपालिकामा गुल्मीदरबार गाउँपालिका–६ भलायचौर एक घर जलेर पूर्ण क्षति भएको छ । मुसिकोट नगरपालिका–५ आँपचौर र अर्लाङ्कोटमा ८ घरगोठ जलेका छन्। जसमा आगोमा परेर २ वटा भैँसी घाइते भएका छन्।

 

धुर्कोट गाउँपालिका–६ करमचाल्नेमा १ घर जलेको छ भने सोही गाउँपालिका–४ रातापोखरामा एउटा खाली गोठ पूर्ण क्षति भएको छ। आगलागीमा परेर पूर्ण क्षति भएका घर र गोठ केही खाली थिए भने केहीमा मानिस बसोबास गर्दै आएका थिए।

 

छत्रकोट गाउँपालिका–१ हुगामा २ वटा गोठ, रुरु गाउँपालिका–१ भटकुवामा २ खाली घर जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

 

घरगोठ जलेपछि स्थानीय बासिन्दा खुला आकाशमुनि बस्न बाध्य छन् । आगोमा परेर मरेका शुचौपायाको समेत व्यवस्थापन हुन सकेको छैन ।

 

आगलागीले गाउँबस्तीमा पुगेका खानेपानीका पाइप जलेका छन् । गुल्मी गाउँपालिका–२ मा खानेपानीको पाइप जलेपछि बस्तीमा पानीको अभाव भएको स्थानीय बासिन्दाले बताएका छन्। जिल्लामा एउटा ट्याक्टर, दुईवटा कुटानीपिसानी मिल, दुईवटा किराना पसल, एउटा मन्दिर समेत जलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

प्रमुख जिल्ला जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, तीनवटा सुरक्षा निकाय, गुल्मी उद्योग वाणिज्य संघ लगायतको टोलीले आगलागी भएको स्थानमा राहत पु¥याएका छन् । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएका छ ।

 

आगलागीले ठूलो क्षति पु¥याएपछि आइतबार बसेको इस्मा गाउँकार्यपालिकाको बैठक गाउँपालिकाका सबै जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम आगलागी राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ