नवलपरासीः शुक्रबार सुस्तामा भएको आगलागीबाट पीडित भएकाहरूलाई शसस्त्र प्रहरीका पूर्व कर्मचारी राजाराम मल्लले सहयोग उपलब्ध गराएका छन् । मल्लले व्यक्तिगत तर्फबाट २५ हजार प्रदान गरेका हुन् । उनले सबै पीडितहरूलाई दिने गरी एकमुष्ठ रुपमा पिडित एक सदस्य इद्रिस अलि अन्सारीलाई हस्तान्तरण गरेका हुन् ।
आफू पनि सुस्ताबासी भएको र पीडाको बेलामा सहयोग गर्नु आफ्नो दायित्व सम्झेर सहयोग उपलब्ध गराएको उनले बताए । मल्लले आफूले अन्यत्र बाट पनि सहयोग जुटाएर सहयोग गर्नका लागि पहल गरिरहेको बताउँदै विपदमा सबैले सहयोग गर्न आव्हान गरे ।
सहयोग रकम बुझ्दै पीडित अन्सारीले विपदको वेला सहयोग उपलब्ध गराएको भन्दै मल्ललाई धन्यवाद व्यक्त गरे । पीडितहरू अहिले त्रिपालमुनि रात काट्न बाध्य छन् । आफूहरूका लागि बास सँगै खाद्यान्न र लत्ताकपडाहरूको बढि आवश्यकता रहेकोले सोही अनुसार सहयोग गर्न अन्सारीले आग्रह गरेका छन् ।
शुक्रबार सुस्ता ३ सेखुहनवा मा विद्युतको मिटर बक्सको सर्किटबाट आगलागी हुँदा पाँचजना दाजुभाइको सम्पूर्ण लत्ताकपडा, खाद्यान्न, महत्वपूर्ण कागजात, नगद सहित जलेर नष्ट भएको थियो । आगलागीमा परि तिन जना घाईते भएका थिए ।
प्रतिक्रिया