+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन ४ राउण्ड हवाई फार

न्यूज कुरा
२०८१ माघ १८, शुक्रबार

नवलपरासी: पश्चिम नवलपरासीको परासीमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।

विहिबार राती ८ बजेर ५ मिनेटको समयमा रामग्राम नगरपालिका वडा नम्बर १२ पचगाँवा बस्ने बर्ष ५२ का राजेश लोनियाको घरमा लागुऔषध कारोबार भैरहेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी माथी लोनियाले आक्रमण गर्न खोजेपछि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रमेश बोहोराले जानकारी दिनुभयो ।

लेनिया भाग्न खोजेपछि प्रहरीले १ राउण्ड फायर गर्दा बाँया खुट्टामा गोली लागेको छ । घाईते अवस्थामा नियन्त्रणमा लिएका लोनियालाई पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि पठाईएकोमा अहिले उनको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । लोनिया । संगै रहेका अर्का एक ब्यक्ति भने भागेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले ९३ पुरिया ९५.९८ ग्राम ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ