+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सीप र संस्कारयुक्त शिक्षा अबको आवश्यकता : सांसद पाठक

न्यूज कुरा
२०८१ माघ ५, शनिबार

नवलपरासी : लुम्बिनी प्रदेशसभा सदस्य एवं बन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले अबको शिक्षा सीप र संस्कारयुक्त हुनु पर्नेमा जोड दिनु भएको छ ।समयको विकास सँगै शिक्षा प्रणाली समेत परिमार्जन गर्दै लैजानु पर्ने सांसद पाठकले बताउनु भयो ।

सरस्वती मावि बर्दघाट १४ कञ्चनपुरको स्वर्ण जयन्ती समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै पाठकले प्रविधि र सीपयुक्त शिक्षा नहुँदा युवा शक्ति पलायन हुनुको एउटा कारण पनि रहेको उहाँले बताउनु भयो । “शिक्षा सीप युक्त हुनु पर्छ, संस्कारयुक्त पनि हुनुपर्छ युग सुहाउँदो हुनुपर्छ, अब स्थानीय तहले पनि विषयगत रुपमा प्राविधिक शिक्षालाई जोड दिन जरुरी छ” पाठकले भन्नुभयो । विद्यालय को विकास र शैक्षिक गुणस्तर सुधार सँगै उपयुक्त पठन पाठनको वातावरण तयार गरिदिनको लागि आम अभिभावक शिक्षक र सरोकारवालाहरू एकजुट भएर लाग्नु पर्ने उहाँले बताउनु भयो ।

विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले विद्यालयको इतिहासका बारेमा बारेमा जानकारी गराउँदै विगतदेखि  सरस्वती माविमा प्राविधिक शिक्षाका लागि पहल गरिरहेको बताउनु भयो ।कार्यक्रममा निरन्तर रुममा विद्यालयमा योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई सम्मान गरिएको छ भने दैनिक रुपमा राष्ट्रिय कलाकारहरूको साङ्गतिक प्रस्तुति समेत रहेको छ ।

माघ ४ गते देखि सुरु भएको स्वर्ण जयन्ती महोत्सव ८ गते सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ