+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिसोले जनजीवन प्रभावित, मुसहर वस्तीमा न्यानो लुगा बितरण

न्यूज कुरा
२०८१ माघ २, बुधबार

 नवलपरासी: चिसोले पश्चिम नवलपरासीको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न परिवारको जीवन कष्टकर बनेको छ । चिसो बढेसँगै बर्दघाट नगरपालिका वडा नम्बर ४ मा रहेको मुसहर बस्तीमा न्यानो लुगा बितरण गरिएको छ ।

अत्याधिक चिसो र शीतलहरकै कारण जनजीवन प्रभावित बनिरहेको अवस्थामा न्यानो लुगा बितरण गरिएको हो । बर्दघाट नगरपालिका, उद्योग वाणिज्य सङ्घ, नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखा र बर्दघाट बजार विकास समितिको सहकार्यमा कपडा वितरण गरिएको हो ।

चिसोका कारण विपन्न बस्तीहरूमा जनजिवन बढी प्रभावित भएको हुँदा सबैको सहकार्यमा न्यानो लुगा बितरण गरिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो ।

ब्ल्याङ्केट, टोपी, स्विटर, जुत्ता लगायतका अन्य न्यानो लुगाहरू बस्तीका १ सय १५ जनालाई बितरण गरिएको र थप बितरण गरिने वडा नम्बर ४ का अध्यक्ष वेधबिना तिवारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ