+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाटमा १० औँ राष्ट्रिय योग दिवस मनाइयो 

न्यूज कुरा
२०८१ माघ १, मंगलवार

नवलपरासी : बर्दघाटमा राष्ट्रिय योग दिवस मनाइएको छ । १० औँ राष्ट्रिय योग दिवसको अवसरमा बर्दघाट ७ मा रहेको त्रिनेत्र जेष्ठनागरिक दिवा सेवाकेन्द्रको आयोजना , बर्दघाट नगरपालिकाको सहयोग र पतञ्जलि योग समिति जिम्मेवारको सहकार्यमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकालाई योगमय बनाउने बताउनुभएको थियो । नगरपालिकाले नगरभित्रका विभिन्न ठाउँहरूमा योग शिविर आयोजना गरी नागरिकहरूलाई योग गर्न तर्फ आकर्षित बनाउने बताउनुभएको थियो । उहाँले योगका लागि आवश्यक बजेट व्यवस्थापन हुने बताउँदै स्वस्थ जीवनशैलीका लागि योगको महत्व रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष ध्रुव थारू, वडा नम्बर १ का वडा अध्यक्ष सन्दिप सापकोटा, वडा नम्बर १ कै निवर्तमान वडा अध्यक्ष मोतिलाल सुनार, पतञ्जलि योग समहति नवलपरासी पश्चिमका महामन्त्री मोहन बिक, त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रका अध्यक्ष चिरञ्जीवी सुवेदी लगायतले मन्तन्य व्यक्त गर्दै तनावरहीत स्वस्थ जीवनका लागि योगको प्रभावकारी भूमिका हुने बताउनुभएको थियो ।

कार्यक्रमका संयोजक एवम् पतञ्जलि योग समिति पश्चिम नवलपरासीका कोषाध्यक्ष योग गुरु नरेश पँगेनीले कार्यक्रममा सहभागीहरूलाई योग अभ्यास गराउनुभएको थियो । कार्यक्रममा त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवाकेन्द्रलाई विभिन्न क्षेत्रबाट योगदान दिने ब्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

पतञ्जलि योग समिति त्रिनेत्रधामका उपाध्यक्ष राजकुमार विकको स्वागत मन्तव्य र सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । जिमिरेभारमा २०७६ साल देखी दैनिक नियमित रुपमा योग सञ्चालन हुँदै आएको छ । योग गुरु पँगेनीले हरेक दिन सहभागीहरूलाई योग साधना सिकाउँदै आइरहनुभएको छ । पञ्चनगर र गोपिगञ्जमा पनि नियमित योग सञ्चालन हुँदै आइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ