नवलपरासी: शीतलहरका कारण अत्याधिक चिसो बढेपछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ३ दिनका लागि विद्यालय बन्द गरेको छ । नगर प्रमुख शम्भुलाल श्रेष्ठले अत्याधिक शीतलहरका कारण ३ दिन विद्यालय बन्द गरिएको बताउनुभयो ।
चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्न सक्ने भएको र अभिभावकहरूको मनसायलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको श्रेष्ठको भनाई छ ।शीतलहरबाट प्रभावित समुदायका नागरिकहरूलाई न्यानो कपडा वितरण गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले २४ गते देखी २६ गते सम्म विद्यालय बन्द हुने जनाएको छ । अहिले दिइएको बिदा शैक्षिक क्यालेण्डरमा रहेको बिदामा कटौती हुनेगरि ब्यवस्था मिलाइएको नगरपालिकाको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया