+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज गुरुङ समुदायको नयाँ वर्ष तमुल्होसार मनाइदै 

न्यूज कुरा
२०८१ पुष १५, सोमबार

नवलपरासीः गुरुङ समुदायले आज नयाँ वर्षको रुपमा तमुल्होसार मनाउँदैछन् । यो पर्व सूर्यको किरण संग सम्बनधीत पर्वको रुपमा रहेको छ । गुरुङ बाहुल्यता रहेका ठाउँहरूमा विविध कार्यक्रम आयोजना गरी यो पर्व मनाइदैछ ।

विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरुप रहने तमु वर्षमा गएको बर्ष (मुप्री–ल्हो) वर्ष रहेकोमा यस वर्ष (सप्री–ल्हो) ) को वर्ष रहेको छ । पश्चिम नवलपरासीमा पनि गुरुङ समुदायको बाहुल्यता रहेका क्षेत्रमा विविध कार्यक्रमहरूको आयोजना गरी यो पर्व मनाइदै छ ।

सुनवाल, बर्दघाट र सुस्ता गाउँपालिकामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । गुरुङ समुदायले नयाँ वर्षको अवसरमा आफन्त, इष्टमित्र, चेलिबेटी हरूलाई बोलाउने मिठा मिठा परिकार बनाएर खुवाउने प्रचलन छ । गुरुङ समुदायको भेषभुषामा सजिएर नाचगान गर्दै शुभकामना आदानप्रदान गरी रमाइलो गर्ने गरिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ