२ असार, नवलपरासी: राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसमा बर्दघाटको टिसियनचोकमा जलपान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ ।
रास्वपाको बर्दघाट ४ वडा कमिटीको आयोजनामा पार्टी स्थापनाको दोश्रो बर्ष पुरा भई तेश्रो बर्ष प्रवेश भएको अवसर पारेर कार्यक्रम गरिएको वडा सभापति विक्रम पुरीले बताउनुभयो ।
गर्मी अत्याधिक बढेकोले सडकमा हिँडेका मानिसहरुलाई निशुल्क रुपमा सर्वत पानी वितरण गरिएको पुरीले बताउनुभयो । पानी पिउन रोकिएकाहरुको स्वास्थ्य परिक्षणका लागि संजीवनी हेल्थ होमले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । स्वास्थ्य परिक्षणकालागि हेल्थ होम का संचालक डा. हेमन्त न्यौपाने आफै खटिनुभएको थियो ।
कार्यक्रममा रास्वपाका क्षेत्रिय सचिव राजेन्द्र तिमिल्सीना, नगर सभापती प्रकाश रिमाल, नगर उपसभापती विनोद कंडेल लगायत पार्टीका नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया