नवलपरासी : मोहन वैद्य ‘किरण’ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन नवलपरासीद्वारा बर्दघाट –४ दिव्यनगरमा एक कार्यक्रमबीच ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापा र जिल्ला सेक्रेटरी रवि पाण्डेयले क्रान्तिकारी महिला आन्दोलन कम्युनिस्ट आन्दोलनको एक हिस्सा रहेको औँल्याउनुभयो ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवार समाजकी जिल्ला संयोजक उर्मिला थापा र क्रान्तिकारी महिला सङ्गठन नेपालकी जिल्ला संयोजक मुक्तमाया महतोले जिल्लाको हकमा महिला आन्दोलन वर्गसङ्घर्षको एक जिम्मेवार कार्य रहेकोले महिलाहरू सङ्गठित भएर अगाडि बढनुपर्ने उल्लेख गर्दै संसदवादी भम्रहरु चिर्दै अगाडि वढ्नु आवश्यक रहेको चर्चा गर्नुभयो ।
कार्यक्रमको अखिल क्रान्तिकारी जिल्ला सदस्य आर्जु ढकालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी युवा सङ्घ नेपालका संयोजक राम प्रसाद अर्गेजा , अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला संयोजक बोल्गा नेपाल , सहिद परिवार धनकुमारी सुनारलगायतको आतिथ्यता थियो । कार्यक्रम पछि तीनवटा महिला सङ्गठनहरू अनेमसङ्घ ( क्रान्तिकारी ) ,अनेमसंघ (क्रान्तिकारी) र अखिल नेपाल महिला सङ्घबीच एकता घोषणा गरिएको थियो ।
यस अघि नेकपा (क्रान्तिकारी माओवादी ) नेकपा ( बहुमत) को महत्वपुर्ण हिस्साबीच एकता सम्पन्न भएको थियो भने अहिले नेकपा (मशाल) सम्बद्ध महिला सङ्गठनलाई समेत एकीकृत गरेर क्रान्तिकारी महिला सङ्गठन नेपाल पुनर्गठन गरिएको हो । जस अन्तरगत मुक्तमाया महतोकै संयोजकत्वमा २१ सदस्यीय क्रान्तिकारी महिला सङ्गठन, नेपाल जिल्ला सङ्गठन समिति बनाइएको छ ।
प्रतिक्रिया