गुल्मी: प्रेस सेन्टर नेपाल, जिल्ला समिति गुल्मीको अध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित हुनुभएकाे छ। आइतबार र सोमबार गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरकाे जिल्ला भेलाले पाेखरेलकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमितिको गठन गरेको हो । समितिको उपाध्यक्षमा बासुदेव पाेखरे र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सहसचिवमा प्रीयंंका पन्थी र पुष्कर वली एवं कोषाध्यक्षमा मन्दिरा विश्वकर्मा लगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक कृष्ण पाण्डेले जानकारी दिनुभयाे ।
अध्यक्ष पाेखरेल यसअघि सचिव रहेका थिए । अधिवेशनले महेश बाेहाेराकाे संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीर बहादुर कार्कीले जनपक्षीय पत्रकारिता गर्न आग्रह गर्नुभयाे । त्यसैगरी नवनिर्वाचित अध्यक्ष पोखरेलले सङ्गठनलाई चुस्त दुरुस्त बनाउदै नागरिकका आवाज बुलन्द गर्न आफूहरू झनै सक्रिय हुने बताउनुभयाे । जनपक्षीय पत्रकारितामा कुनै दबाबमा नपर्ने उनले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव प्रेम सुनार, माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य बुद्धि जिसी, प्रदेश सदस्य भुपाल पाेखरेल, देविराम अर्याल, गीता थापा, जिल्ला संयोजक तेजेन्द्र सलामी, सचिव अशोक थापा, प्रेस सेन्टर केन्द्रीय सदस्य भरत पाण्डे, माओवादी केन्द्र जिल्ला सदस्य भरत चन्द, रेसुङ्गा नगर कार्यपालिका सदस्य सीता विश्वकर्मा लगायतका आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया