+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेकपा माओवादी केन्द्र सत्यवतीको अध्यक्षमा पुनः यमबहादुर तरामु

न्यूज कुरा
२०८१ माघ २०, आईतवार

गुल्मीः नेकपा माओवादी केन्द्र सत्यवती गाउँपालिका गुल्मीको अध्यक्षमा पुनः यमबहादुर तरामु निर्वाचित हुनुभएको छ । पालिकाको तेस्रो अधिवेशनले तरामुलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।

उपाध्यक्षहरूमा हुमी सिँजाली, लालु थापा र घनश्याम विश्वकर्मा रहनुभएको छ । सचिवमा ऋषि भण्डारी, सहसचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा सुमित्रा नेपाली निर्वाचित भएको गाउँ कमिटीले जनाएको छ ।

शनिवार उद्‌घाटन सत्रको उद्‌घाटन गर्दै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष तथा पूर्व मन्त्री सुदर्शन बरालले वर्तमान सरकार भ्रष्टाचारीहरू संरक्षण गर्नका लागि बनेको बताउनुभयो । प्रचण्ड सरकारले भ्रष्टाचारीहरू जेल कोच्न थालेपछी रातारात बिचौलियाको घरमा बसेर आफूहरू पनि जेलमा जान सक्ने भयले सरकार परिवर्तन गरेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ