+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली भाषामा अंग्रेजी भासाको साम्राज्य हुँदै गएको छ : भाषा आयोग अध्यक्ष ठाकुर

न्यूज कुरा
२०८१ जेष्ठ २३, बुधबार

२३ जेठ, नवलपरासी
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपाली भाषामा अंग्रेजी भाषाको साम्राज्य बढ्दै गएको बताउनुभएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको भाषा परिचर्चा तथा मातृ भाषामा शिक्षाको महत्व विषयक गोष्ठिमा बोल्दै ठाकुरले अंग्रेजी भाषको मोहका कारण नेपाली भाषा संगै मातृभाषा छाँयामा पर्दै गएको बताउनुभयो ।

आधारभुत तहको शिक्षामा मात्रृभाषाको पढाइ हुने ब्यवस्था गर्नका लागि स्थानिय तहलाई अनुरोध गर्दै अध्यक्ष ठाकुरले त्यसका लागि भाषा आयोगले गर्नुपर्ने सहयोग गर्न तयार रहेका प्रतिवद्धता जाहेर गर्नुभयोे ।
जब सम्म घर–घरमा मात्रृ भाषाको प्रयोग हुदैन तव सम्म कुनै पनि समुदायको मात्रृभाषाको संरक्षण नहुने भएकाले घरबाट नै मात्रृभाषको प्रयोग गर्न जरुरी रहेकोमा ठाकुरले जोड दिनुभयो ।
बर्दघाट प्रज्ञाप्रतिष्ठानका कुलपति डा।घनश्याम न्यौपानेको अध्यक्षता ,भाषा साहित्य बिभागका संयोजक हुमनाथ आचार्यको स्वागत मन्तब्य र भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुल पति बिमल कृष्ण श्रेष्ठ,नेपाल प्रज्ञा प्रतिष्ठान मात्रृभाषा तथा कोष र ब्याकरण बिभाग प्रमुख त्रैलोक्यमान बनेपाली लगाएतका साहित्यकारहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

बुधबार पहिलो दिन मगर, गुरुङ र नेवार भाषाको गोष्ठीमा मगर समुदायका वारेमा मगर समाजकी प्रदेश सदस्य तारा रानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने मगर समुदायको कार्यपत्र माथी प्रेम कामुले टिप्पणी गर्नु भएको थियो ।
त्यसैगरी नेपाल भाषाका वारेमा नेवाः दबु केन्द्रिय उपाध्यक्ष उमेश स्थापितले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यसमाथी त्रैलोक्यमान बनेपालीले टिप्पणी गर्नु भएको थियो । त्यस्तै गुरुङ भाषका वारेमा पुराण गुरुङले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने त्यस माथि ईश्वर गुरुङले टिप्पणी गर्नु भएको थियो ।

विहिबार नेपाली, भोजपुरी र थारु भाषाका वारेमा कार्यपत्र सहितको छलफल रहने बर्दघाट प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव सरद पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ