+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट १६ केराबारीमा अस्थायी प्रहरी पोष्ट

न्यूज कुरा
२०८१ जेष्ठ २५, शुक्रबार

२५ जेठ , नवलपरासी
बर्दघाट नगरपालिकाको दाउन्ने कलष्टर स्थित केराबारीमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनसिलक्षेत्र मानिएको पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १५ र १६ को सिमानामा आज अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको हो ।

चोरघोला किनारमा रहेको सितापोखरी सामुदायिक वन उपभोक्ता समुहको भवनमा अस्थायी प्रहरी पोष्टको समुद्घाटन गरीएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठ र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त श्रपमा उद्घाटन गर्नुभएको प्रहरी पोष्टमा ५ जना नेपाल प्रहरी रहने छन् ।

समुद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सम्भुलाल श्रेष्ठले नागरिकहरुको शान्ति सुरक्षा प्रति गम्भिर भएकै कारण सबैको साथ र सहयोगले अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सफल भएको बताउनुभयो । श्रेष्ठले बर्दघाट नगरपालिका भित्र हुने कुनै पनि कानुन विपरित र अबाञ्छित गतिविधि भए गरे तत्काल प्रहरीलाई खबर गरी सहयोग गर्न नागरिकहरुले सहयोग गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उहाँले बर्दघाट नगरपालिका लागुऔषध कारोबारीहरुको मुख्य थलोको रुपमा रहेको बताउँदै यसलाई नियन्त्रण गर्न प्रहरी गम्भिर भएर काम गर्नेमा आफु विस्वस्त रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नागरिकको सेवामा कर्तब्यनिष्ठ भएर काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले दुर दराजका क्षेत्रमा प्रहरीको उपस्थितिले गलत कार्य गर्नेहरुको मनमा त्रास पैदा भैसकेको र नागरिकहरुले सुरक्षाको प्रतयाभुति गर्न थालिसकेको बताउनुभयो । प्रहरीका काम कारबाहीलाई सफल बनाउन नागरिकहरुको महत्वप्रर्ण भुमिका हुने बताउँदै नागरिक र प्रहरी विच सकारात्मक सम्बन्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायव उपरिक्षक काजी कुमार आचार्यले केराबारीमा प्रहरी पोष्टको बोर्ड देख्ने वित्तिकै अपराधिक मानसिकताका ब्यक्तिहरुको मुटुमा ढेंग्रो ठोकिसकेको बताउनुभयो । जनप्रतिनिधिहरुको निरन्तर पहल, स्थानियहरुको जोडदार माग भएकै कारण जिल्लामा कम जनशक्ति हुँदा हुँदै पनि अस्थायी प्रहरी पोष्ट स्थापना गर्न सफल भएको आचार्यको भनाई रहेको थियो । नागरिकका हरेक समस्यालाई गम्भिर रुपमा लिएर उनीहरुलाई सान्ति सुरक्षाको अनुभुति गराउन र कुनै पनि अपराधिक गतिविधि हुन नदिनेगरी काम गर्न पोष्टमा खटिएका प्रहरीहरुलाई आचार्यको निर्देशन थियो ।

नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले स्वागत मन्तब्य बयक्त गर्दै सबैको साथ र सहयोगका कारण अस्थायी प्रहरी पोष्टको स्थापना भएको बताउनुभयो । चोरी,डकैती हुने देखि लागुऔषध ओसार पसार गर्ने ट्रान्जीट प्वोईन्टका रुपमा रहेको उक्त क्ष्ँेत्रमा केहि महिना अघि बर्दघाटका एक सुनचा“दी ब्यवसायीलाई दिउसै गोली हानेपछि जनप्रतिनिधि र प्रहरीको सक्रियतामा बर्दघाट–१६,केरावारीमा अस्थायी प्रहरी पोष्ट स्थापना गरीएको हो ।

अस्थायी प्रहरी पोष्टका लागि सितापोखरी सामुदायिक बनले आफ्नो भवन उपलब्ध गराएको छ । पोष्टले बर्दघाट नगरपालिकाको वडा नम्बर १४, १५, १६ र सुस्ता गाउँपालिकाको वडा नम्बर १ मा सेवा दिनेछ । यस अघि वडा नम्बर १२ को भटौलिया बजारमा पनि अस्थायी प्रहरी पोष्ट स्थापना भैसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ