१५ जेठ नवलपरासी
गणतन्त्र दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले दिप प्रज्वलन गरेको छ । गणतन्त्र प्राप्तीको १७ बर्ष पुरा भएको अवसरमा नेपालको नक्सा बनाई मैनबत्ति प्रज्वलन गरी गणतन्त्रको खुसीयाली साटिएको थियो ।
नेपालमा २ सय ४ बर्ष लामो ईतिहाँस बोकेको राजतन्त्रको अन्त्य पश्चात गणतान्त्रीक ब्यबस्थाको सुरुवात भएको हो ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै नगर प्रमुख सम्भुलाल श्रेष्ठले नागरिक अधिकारलाई कुण्ठित गरी निरंकुशता लाद्ने राजतन्त्र हटाएर जनताको शक्तिको बलमा स्थापित गणतन्त्र अझ बलियो भएर जाँदा हरेक नागरिकले सांच्चिकै परिवर्तनको प्रत्याभुति गर्ने बताउनुभएको थियो ।
लामो संघर्ष र बलिदानीले प्राप्त गणतन्त्रको रक्षा गर्दै विकास र समृद्धिकालागि सबै हातेमालो गर्नु आवश्यक रहेको श्रेष्ठको भनाई रहेको थियो ।
दिप प्रज्वलन कार्यक्रममा नगरका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया