+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कतारका राजालाई विमानस्थलमा राष्ट्रपती पौडेलले स्वागत गर्ने

न्यूज कुरा
२०८१ बैशाख ११, मंगलवार

११ बैशाख, काठमाण्डौ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै हुनुहुन्छ । थानीलाई राष्ट्रपती राचन्द्र पौडेलले त्रिभुवन अन्तराष्ट्रि« विमान स्थलमै पुगेर स्वाग गर्नुहुनेछ ।

नपाल र कतार विच कुटनितिक सम्बन्ध स्थापना भएको ४७ बर्ष पछि कतारबाट पहिलोपटक उच्चस्तरिय भ्रमण हुन लागेको हो । नेपाल सरकारले थानीको भ्रमणलाई उच्च प्राथमिकता दिएको छ ।

भ्रमणलाई सफल बनाउनका लागि सरकारका संयन्त्रहरुले तयारी तिब्र बनाएका छन् । थानीको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । पहिलो घेरामा नेपाली सेना र त्यस बाहिर अन्य सुरक्षाकर्मी रहनेछन् ।

कतारी राजा त्रिुभुवन विमानस्थलमा ओर्लिए लगतै शितलनिवास जाने कार्यक्रम तय भएको छ । कतारी राजा थानी र राष्ट्रपती पौडेल विच नेपाल–कतार दुईपक्षिय सम्बन्धका बारेमा छलफल हुनेछ ।

थानीको स्वागतमा राष्ट्रपती पौडेलले रात्रीभोजको आयोजना गर्नुहुनेछ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र थानी विच भेटवार्ता हुने कार्यक्रमको तय भएको छ ।

कतारी राजाको भ्रमणका अवसरमा नेपाल सरकारले आज सार्वजनिक विदा दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ