+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट खानेपानीको स्थापना दिवसः जङ्गल रिजरभ्वायर ट्याङ्कीमा अटोमेटिक डोजीङ पम्प जडान 

न्यूज कुरा
२०८१ फाल्गुन २५, आईतवार

नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको स्थापना दिवस मनाइएको छ । दिवसको अवसरपारेर जङ्गल मुहान स्रोतको रिजरभ्वायर ट्याङ्कीमा अटोमेटिक डोजीङ पम्प र विद्युतिकरणको उद्‌घाटन गरिएको छ । बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले उद्‌घाटन गर्नुभएको हो ।

विद्युतिकरणका लागि बर्दघाट नगरपालिका र नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रले सहयोग गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट एक घर एक धारा नगरको अभियान रहेको बताउनुभयो । उहाँले खानेपानी आयोजनाले पानीको वितरण मात्र नभई मुहान देखी मुख सम्म शुद्ध पानी पत्याउनका लागि धेरै काम गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युतिकरण भए सँगै जङ्गल मुहान श्रोतको पानी स्वचालित रुपमानै शुद्धिकरण भएर जाने बताउनुभयो ।

फरक प्रसङ्गमा बोल्दै नगर प्रमुख श्रेष्ठले सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्य सम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको प्रति आफ्नो आपत्ति रहेको बताउनुभएको थियो । बर्दघाट नगरपालिकाको ग्रामीण भेगमा विद्युतिकरणका लागि रामेश्वर पौडेलको सहयोगमा कुलमान घिसिङले छिटो छरितो काम अगाडि बढाईदिएकै कारण सबै ठाउँमा विद्युतिकरण सम्भव भएको बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै खानेपानी संस्थाका सल्लाहकार एवं वडा नम्बर ४ का अध्यक्ष वेधबिना तिवारीले रिजर्ववायर ट्याङ्की भएको क्षेत्रका गतिविधि निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गर्न आवश्यक रहेको औँल्याउनुभएको थियो ।

देशका विभिन्न खानेपानी आयोजनाहरूका लागि अवलोकनको केन्द्र बनेको बर्दघाट खानेपानी आजको अवस्थामा आउनका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्नुभएको थियो ।

संस्थाका पूर्व अध्यक्ष एवं पारिजात सामुदायिक बनका अध्यक्ष कमानसिंह थापाले पानीको ट्याङ्की सम्म आवतजावतका लागि बाटोको ग्राभेलिङ गरेर स्तरोन्नति गर्न आवश्यक रहेको बताउनुभयो । त्यसका लागि आवश्यक सहयोग गर्नका लागि आफू तयार रहेको थापाको भनाई रहेको थियो ।

निवर्तमान अध्यक्ष धातानन्द बस्यालले जंगल मुहान स्रोतको पानी शुद्धिकरण नगरी वितरण गरिएको भन्ने हल्ला फैलाउनेहरू अटोमेटिक डाेजिङ पम्प जडान गरी सुचारु भएकोले भ्रम चिरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै खानेपानी संस्थाका अध्यक्ष दीपक लम्सालले बर्दघाट खानेपानीले २४ सै घण्टा शुद्ध खानेपानी उपभोक्ताको घर घरमा पु¥याईएको बताउँदै संस्थाले पर्यावरण संरक्षण सँगै पानीको पुनर्भरण क्षेत्रमा पनि काम गरिरहेको बताउनुभयो । उहाँले पुनरभरण पोखरीको रुपमा नन्दिभाउजु पोखरीको संरक्षण गरिरहेको र बाढीपीडित आयोजनामा पनि पुनर्भरण पोखरी निर्माण गरिने बताउनुभयो ।

खानेपानीको मापदण्ड अनुसारको गुणस्तर कायम गर्दै शुद्ध खानेपानी वितरणका लागि विभिन्न काम गर्दै आइरहेको खानेपानी सुरक्षा योजनाले उपभोक्ता सचेतना कार्यक्रम सँगै धरै कार्यहरु गरिरहेको संयोजक कमल थापाको भनाई छ ।

कार्यक्रमको संचालन सचिव शोभाकान्त कोईरालाले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ