सुनयना चौधरी
नवलपरासी: नेपाल रेडक्रस सोसाइटी बर्दघाट उपशाखाको १४ औं वार्षिक साधारण सभा बर्दघाट शिवालय मन्दरिमा सम्पन्न भएको छ। कार्यक्रममा उपशाखाका सभापति नारायण प्रसाद अधिकारीको अध्यक्षता थियो भने बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतीथि श्रेष्ठले बर्दघाट नगरपालिकमा ट्रमा सेन्टर निर्माण भइसकेपछि ट्रमा सेन्टरले नै रक्त सञ्चार ब्लड बैँक को पूर्ति गर्ने व्यवस्था मिलाइने जानकारी गराउनुभयो।
उपशाखाको विकासका लाग नगरपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गर्ने बताउनुभयो । कार्यक्रममा पूर्व सभापति कुल प्रसाद शर्मा, नगर प्रवक्ता सन्त बहादुर गाहा, वडा नं. ३ का वडा सदस्य प्रकाश चन्द्र अधिकारी, आजीवन सदस्य रमेश बस्याल, विशिष्ट सदस्य इन्द्र प्रसाद सापकोटा, सङ्घ संस्थाबाट बृहस्पति अधिकारी, जिल्ला समन्वय सदस्य धनिराम चौधरी, रेडक्रस जिल्ला शाखा मन्त्र ऋषिराम सुवेदी तथा शाखाका सदस्य डिलबहादुर अधिकारी लगायतका वक्ताहरूले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले स्थानीय स्तरमा रहेका हरेक सामुदायिक तथा निजी विद्यालयहरूमा जुनियर रेडक्रस सोसाइटी स्थापना गर्नु आवश्यक रहेको जोड दिएका थिए। उपशाखाका उपसभापति देवी पौडेल को स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव धनन्जय पौडेलले गर्नुभएको थियो।
प्रतिक्रिया