+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट जेसीजले दियो नवजीवनका विद्यार्थीलाई प्रभावकारी बोल्ने कला तालिम

न्यूज कुरा
२०८१ फाल्गुन १९, सोमबार

नवलपरासीः बर्दघाट जेसीजको आयोजनामा प्रभावकारी बोल्ने कला सम्बन्धी तालीम सम्पन्न भएको छ । बर्दघाट ४ मा रहेको नवजीवन माद्यामिक विद्यालयका कक्षा ८ र ९ का विद्यार्थीहरुलाई तालिम दिईएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै बर्दघाट जेसीजका संस्थापक अध्यक्ष जेसी राजु न्यौपानेले विद्यालय स्तरबाटै बोल्ने कलामा निखारिदै जाँदा ब्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । न्यौपानेले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर तालिम संचालन गरेकोमा बर्दघाट जेसीजलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष काँसीनाथ नेपालले जेसीजले नवजीवन मावीका विद्यार्थीहरुलाई प्रभावकारी बोल्ने कला सम्बन्धी तालिम प्रदान गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा पनि विद्यालय संग सहकार्य गर्नका लागि आग्रह गर्नुभएको थियो ।

बर्ष २०२५ का अध्यक्ष मोहन सापकोटाले यो बर्ष तालिम बर्षको रुपमा रहने बताउनुभएको थियो । आफ्नो थिम नै सहकार्य, सिकाई र नेतृत्व रहेकाले विभिन्न संघ संस्था हरुसंगको सहकार्यलाई प्राथमिकता दिँदै सिकाई मार्फत नेतृत्वको सिप विकास गर्ने अभियानमा लागेको सापकोटाको भनाई रहेको थियो ।

तालिममा बर्दघाट जेसीज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष जेसी नारायण भण्डारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम संयोजकको रुपमा बर्ष २०२५ का उपाध्यक्ष जेसी मिलन आचार्य रहनुभएको थियो । उपाध्यक्ष जेसी खुमकान्त न्यौपानेले संचालन गरेको कार्यक्रममा विद्यालयकी शिक्षिका पुजा ढकालले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमल अर्याल, शिक्षक विजय रत्न पराजुली, शिक्षक मेघराज अधिकारी, शिक्षिका सिर्जना शर्मा, शिक्षक कविन्द्र अधिकारी, बर्दघाट जेसीजका बर्ष २०२२ का अध्यक्ष जेसीआई सिनेटर दिनेश न्यौपाने, बर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी महेन्द्र गौतम, उपाध्यक्ष जेसी चाँदनी सुर्यवंशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ