+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दिव्यज्योति बहुमुखी क्याम्पसमा विविए पहिलो सेमेस्टर लाई स्वागत र आठौँ सेमेस्टरलाई बिदाई

न्यूज कुरा
२०८१ फाल्गुन १०, शनिबार

 नवलपरासी :  बर्दघाट –२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसमा नयाँ भर्ना भएका बिबिए प्रथम सेमेस्टरका विद्यार्थीहरूलाई स्वागत तथा आठौँ सेमेस्टरका विद्यार्थीहरूलाई बिदाइ गरियो। बिबिए तेस्रो र पाँचौँ सेमेस्टरका विद्यार्थीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा क्याम्पस प्रमुख सागरमणि पाण्डेले विद्यार्थीलाई शैक्षिक यात्रा मात्र नभई उद्यमशीलता र आत्मनिर्भरतातर्फ अघि बढ्न प्रेरित गर्न आवश्यक रहेको बताउनु भयो । बिबिए अध्ययन गर्ने विद्यार्थी  जागिर खोज्ने नभई जागिरे रोज्ने खालको हुनु पर्नेमा जोड दिनु भयो। उच्च शिक्षा हासिल गर्दा सैद्धान्तिक र व्यावहारिक ज्ञानको समन्वय गर्नुपर्ने क्याम्पस प्रमुख पाण्डेको भनाइ छ।

सहायक क्याम्पस प्रमुख दीपक खड्का, प्रकाश न्यौपाने, र महेन्द्र गौतमले पनि विद्यार्थीहरूलाई उच्च शिक्षाको सफलताको शुभकामना दिनु भयो । विद्यार्थी – शिक्षक सहकार्यले उच्च शिक्षालाई उपलब्धिमूलक बनाउने भन्दै सबैलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै कार्यक्रम समापन गरिएको थियो। सुष्मा रेग्मी र दिशान्त हमालले सञ्चालन रहेको कार्यक्रममा विक्रान्त भण्डारीको अध्यक्षतामा र ग्रीष्मा पौडेलले स्वागत रहेको थियो। विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रमसमेत सम्पन्न गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ