+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भुमहीको जयकालिका ट्रेडिङ एण्ड सप्लायर्समा भीषण आगलागी 

नारायण भण्डारी
२०८१ माघ २२, मंगलवार

नवलपरासी: पश्चिम नवलपरासीको भुमहीमा भीषण आगलागी भएको छ । गएराती १ बजेर ३० मिनेटको समयमा भुमहीको जयकालिका ट्रेडिङ एण्ड सप्लायर्समा
आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणमा लिन रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाबाट पुगेका ३ वटा दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी सँगै स्थानीय बासीको सहयोग रहेको थियो । बिहान ३ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बोहोराले बताउनुभयो ।

लेखनाथ खरेलले सञ्चालन गरेको जयकालिका ट्रेडिङ एण्ड सप्लायर्समा दुईपाङ्ग्रे चार पाङ्ग्रे सवारी साधनका टायर, मोबिल, लुब्रिकेन्ट का ड्रमहरू, सवारी साधनमा प्रयोग हुने ब्याट्री लगायतका सामान  बिक्रीवितरण हुँदै आएको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आगलागीबाट भएको क्षतिको विवरण पूर्ण रुपमा आइनसकेको र घटनास्थलमा मुचुल्का उठाउने काम भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ