+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीको कालिगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना, एकजनाको ज्यान गयो 

न्यूज कुरा
२०८१ माघ २०, आईतवार

गुल्मी:  कालिगण्डकी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । वडा नम्बर २ बिसौना स्थित भित्री सडक खण्डमा लु ३ त ५११२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक वर्ष ५५ का देवबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मी जानकारी दिएको छ ।

दुर्घटनामा परेका विकलाई उपचारका लागि स्याङ्जाको गलेङ अस्पतालमा लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । सडकमा गुडिरहेको ट्याक्टर अनियन्त्रितभै ६० मिटर तल खस्न पुगेको थियो ।

ट्याक्टर चालक फरार रहेको र उनको नाम, थर, वतन नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ