+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महोत्तरीमा एक कैदी बन्दीको मृत्यु 

न्यूज कुरा
२०८१ माघ २०, आईतवार

महोत्तरीः महोत्तरीमा एक कैदी बन्दीको मृत्यु भएको छ । जलेश्‍वर कारागारमा थुनामा रहेका धनुषाको बटेश्वर गाउँपालिका १ कार्तिकुमारका ५६ बर्षिया कैदी बन्दी जोगेन्द्र महराको मृत्यु भएको हो ।

महरालाई एक्कासि खप्नै नसक्नेगरी पेट दुखेपछि मध्यरातमा उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा आइतबार बिहान २ः३० बजेको समयमा मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिनुभयो । महराले पहिले देखिनै औषधी सेवन गरिरहेको क्षेत्रीले बताउनुभयो ।

महरा २०३८ सालमा गाउँकै खेतमा आगजनी गरेको घटनामा जिल्ला अदालत धनुषाले दोषी ठहर गरी कैद सजाय सुनाएपछि फरार रहँदै आएकोमा दुई वर्ष अघि प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ