नवलपरासी: शीतलहरले पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट दाउन्ने खण्डको खुर्सानी खोलामा राजमार्गमा चिप्लिएर सबारीसाधन सञ्चालन हुन नसकेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
राती देखि बिहान ४ बजे सम्म दुईतर्फी बन्द रहेको राजमार्ग बिहानदेखि मुस्किलले एकतर्फी सञ्चालनमा आएको मा पुनः दुईतर्फी रुपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रमेश बोहोराले जानकारी दिनुभयो ।
बुटवल नारायणगढ सडक विस्तारका क्रममा रहेकोले शीतलहरले राजमार्ग बढि चिप्लो भएपछि सवारी साधनहरू नियन्त्रित रुपमा सञ्चालन हुन कठिनाइ देखिएको हो । प्रहरीले पूर्वबाट पश्चिम तर्फ आउने ठूला र मालबाहक सवारीलाई पूर्वी नवलपरासीको दुम्कीबासमा रोकेको छ भने पश्चिम बाट पूर्व तर्फ जाने तुला र मालबाहक सवारीहरूलाई बर्दघाटमा रोकेको छ ।
सामान्य अवस्थामा सडक विस्तारका क्रममा यस क्षेत्रमा घण्टौँ जाम हुने समस्या भोग्नुपर्ने अवस्था रहेको छ भने सित लहरले राजमार्ग चिप्लो भएपछि झनै दुर्घटनाको जोखिम बढेको छ । लामो समय देखी राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूले सास्ती भोग्नुपरेको छ ।
पूर्व पश्चिम राजमार्ग भएर यात्रामा निस्कने यात्रुहरूलाई अवस्था बुझेर मात्र निस्कन प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया