+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिलालाई दुर्व्यवहार गरेको आरोप लागेका नवलपरासीका डिएफओ पङ्गेनीलाई कारबाहीको माग

न्यूज कुरा
२०८१ पुष १४, आईतवार

नवलपरासी: डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख (डिएफओ) जीवन पङ्गेनी आफ्नै कार्यकक्षमा अश्लील बोल्दै महिलालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । सामुदायिक बनको काम लिएर कार्यालय पुगेका महिलाहरूलाई दुर्व्यवहार भएको भन्दै पङ्गेनीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई निवेदन बुझाइएको छ ।

सामुदायिक बनको छाता सङ्गठन सामुदायिक बन उपभोक्ता महासङ्घ नवलपरासीको तर्फबाट निवेदन बुझाई दोषीलाई कडा कारबाहीको माग गरिएको छ । सामुदायिक वनका अभियन्ताहरू माथि वन कार्यालयका प्रमुखले नै हिंसात्मक दुर्व्यववहार गरेको भन्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) नवलपरासीले कारवाही गर्न माग गरेको हो ।

फेकोफनले आइतबार प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई न्यायको लागि निवेदन बुझाउँदै डिएफओ पङ्गेनीलाई तत्काल कानूनी कारवाहीमा ल्याउन र पीडितलाई न्याय दिलाउन माग गरेको हो । फेकोफनका जिल्ला अध्यक्ष शारदा पोखरेल, केन्द्रिय सदस्य कमल परियार, प्रदेश सदस्य नारायण पाण्डेसहित विभिन्न सामुदायिक वनका अभियन्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन ।

डिएफओ पङ्गेनीले आदर्श सामुदायिक वन उपभोक्ता समूह सुनवल ४ की सचिव तेजकुमारी क्षेत्रीलाई गत मंसिर ९ गते र स्थानीय सामुदायिक वन उपभोक्ता महासङ्घ सरावलकी उपाध्यक्ष रानी कँवरलाई पुस ११ गते आफ्नै कार्यकक्षमा फाइलमा तोक लगाउन जाँदा जथाभावी गाली, अपशब्द तथा महिला हिंसा हुने बोली बोलेर दुर्व्यवहार गरेको फेकोफनले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको निवेदनमा उल्लेख छ । प्रजिअ श्रेष्ठले दुवै पक्षको कुरा सुनेर मात्र आवश्यक कदम चाल्ने बताइन ।

डिएफओ पँगेनीले भने आफूले कसैलाई पनि दुर्व्यवहार नगरेको बताए । “सामुदायिक वन भित्र मन्दिर निर्माण गर्न दिनुपर्‍यो भनेर आउनुभएको थियो मैले कानूनले मिल्दैन भनेर पठाएको हुँ त्यसैलाई अतिरञ्जित गरिएछ कार्यालयमा आउने सेवाग्राहीलाई मैले किन दुर्व्यवहार गर्छु र ?” पङ्गेनीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ