+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बन नीति उपभोक्ता मैत्री बन्नुपर्छ : संविधान सभा सदस्य खनाल 

न्यूज कुरा
२०८१ पुष १४, आईतवार

१४ पुस नवलपरासी: संविधान सभा सदस्य विक्रम खनालले बन नीति उपभोक्तामैत्री बन्नुपर्ने बताउनु भएको छ । पश्चिम नवलपरासीको बर्दघाट १० मा रहेको बनशक्ति सामुदायिक बनको १६ औँ वार्षिक साधारणसभामा बोल्दै बनको उपभोग केवल मानिसले मात्र गर्ने नभई चराचुरुङ्गी, जीव जन्तुले समेत गर्ने भएकोले बन नीति बनाउँदा यि सबै कुरालाई ध्यान दिनुपर्ने बताउनुभएको हो मानिसले बनको उपभोग बढी गर्ने उल्लेख गर्दै अन्य जीव जन्तुको समेत संरक्षण गर्ने गरि उपभोग गर्नु पर्नेमा जोड दिनु भयो ।

खनालले भन्नुभयो “ पहिलो पहिला सिमलको रुखमा गिद्ध देख्न पाइन्थ्यो । अहिले सिमल पनि छैन गिद्ध पनि छैन ।”  बनको प्रयोग गर्दा जीव जन्तु र कुनै पनि बोट बिरुवाको लोप नहुने गरी प्रयोग गर्नुपर्ने, बनको संरक्षण र सम्वर्द्धन ध्यान दिनु पर्ने खनालको भनाइ छ । खनालले एकद्वार प्रणालीबाट कर सङ्कलन गर्ने र सो को बाँडफाँड राज्यले गर्नु पर्ने बताउनु भयो । केही सामुदायिक बनमा ढलेका रूखहरू देखिने उल्लेख गर्दै खनालले सामुदायिक बनले बिक्री गरि आम्दानी बाँध्नुपर्ने भनाइ राख्दै ढलेका रुखको कटानका लागी नीतिगत समस्या भए कर्मचारी र जनप्रतिनिधिको समन्वयमा निती बनाउनु पर्ने धारणा राख्नु भयो ।

लुम्बिनी प्रदेशका कृषि, बन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले कानुनको परिधिभित्र रहेर बनको संरक्षण गर्दै उपयोग गर्नु पर्ने बताउनु भयो । उहाँले वैज्ञानिक बन कञ्चनपुरको एउटा बनले गरेको बदमासीका कारण सरकारले बनमा रहेका रूखहरू जे जस्तो अवस्थामा छन त्यस्तै अवस्थामा छाड्देऊ भन्ने निर्णय गर्नु परेको बताउनु भयो । अहिले लुम्बिनी प्रदेशमा दिगो विकासमा आधारित बन सम्वर्द्धन प्रणाली लागू भएको बताउँदै यो प्रणालीबाट बनको संरक्षण र सम्वर्द्धन राम्रो हुने पर्ने धारणा पाठकले राख्नु भयो ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठ स्थानीय खोलाको सफाइ गर्दै नगरको विकासमा सहयोग गर्ने आग्रह गर्नु भयो । उहाँले गत वर्ष चिसापानी सामुदायिक बनले मात्रै नीतिगत रुपमा खोला सफाइ गरेको बताउँदै नगरका सबै सामुदायिक बनले काम गर्नुपर्ने उल्लेख गर्नु भयो । बर्दघाट नगरपालिकाका १० का वडा अध्यक्ष राजु मिश्र र ११ का वडा अध्यक्ष फणीन्द्र चौधरी, बर्दघाट सरावल सब डिभिजन बन कार्यालयका प्रमुख बलराम पोखरेलले कानुन प्रक्रिया अनुसार बनको संरक्षण र सम्वर्द्धन गर्दै रूख कटान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घ नेपालका केन्द्रिय सदस्य कमल परियार, वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासङ्घका केन्द्रिय सदस्य कमल पराजुली, सामुदायिक बन उपभोक्ता महासङ्घ नवलपरासीका अध्यक्ष शारदा पोखरेलले तेहरो कर बुझाउनु पर्ने झन्झट भएकोले एकद्वार प्रणालीमा लैजानु पर्ने र बनसँग सम्बन्धित नीतिग समस्याहरु समाधान हुनुपर्ने भनाइ राख्नु भयो ।

कार्यक्रममा अध्यक्ष इन्द्र बहादुर चौधरी, सचिब कविता फौज्दार, कोषाध्यक्ष सृजना थापा, लेखा समिति सदस्य सुजन खनाल,अनुगमन समिति सयोजक एकनारायण तिवारीले प्रस्तुत गर्नु भएको प्रतिबेदन समेत सर्वसम्मत पारित गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ