+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रासायनिक मल लिन विहानै ४ बजे देखी लाईनमा

विष्णु खनाल
२०८१ जेष्ठ ३२, शुक्रबार

३२ जेठ, नवलपरासी: बर्दघाट नगरपालिकाका किसानहरु यतिवेला धान रोप्ने चटारोमा छन् । खेतमा प्रयोग गरिने रासायनिक मल लिनका लागि यसपटक पनि किसानले सास्ती बेहोर्नुपरेको छ ।

बर्दघाट नगरपालिकामा सहकारी मार्फत किसानहरुलाई अनुदानको मल वितरण गर्न कोटा निर्धारण गरिएको छ । किसानहरुले आफु सदस्य भएको वा पायक पर्ने सहकारी सहकारीबाट मल लिनुपर्ने हुन्छ ।

धान रोप्ने वेलामा मलको सहज उपलब्धतता नभएपछि मल बाँड्ने सहकारीहरुमा विहानै ४ बजे देखी लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ । शुक्रबार विहान पञ्चनगरमा रहेको मधुवन कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले मल वितरण गर्ने जानकारी पाएपछि किसानहरु विहान ४ बजे देखीनै लाईनमा बसेका छन् ।

सहकारी अगाडि ठुलै भिड लागेको छ मानौ की कुनै सभा समारोह भैरहेको छ । कृषिलाई प्राथमिकतामा राखिएको भनेर नथाक्ने तिन तहका सरकार यस पटक पनि किसानलाई सहज रुपमा मल उपलब्ध गराउन असफल देखीएका छन् । भाषणमा कृषिका कुरा गरेर नथाक्ने नेतृत्वहरु खाली ाजनैतिक रोटी सेक्ने दाउमा ब्यस्त हुँदा किसानका पिडा सुन्ने र समाधान गर्ने समयनै पाउँदैन् ।

मधुनमा मात्र होईन मल वितरणको जिम्मा पाएका नगरभित्रका अन्य सहकारीमा पनि हालत उस्तै रहेको छ । समयमा मल प्राप्त नभए धान उत्पादनमा कमि आउने चिन्तामा किसानहरु रहेका छन् । रोपाईका लागि खेत तयार गर्नुपर्ने किसानको बास सहकारी अगाडि हुनेगरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ