+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिसापानी अस्पतालमा बिग्रिएर थन्किएको एक्सरे मेसिन मर्मत पछि सञ्चालनमा आयो 

नारायण भण्डारी
२०८१ फाल्गुन २६, सोमबार

नवलपरासी: बर्दघाट २ चिसापानी अस्पतालमा लामो समय देखि बिग्रिएको डिजिटल एक्सरे मेसिन सञ्चालनमा आएको छ । मेसिन बिग्रिएपछि सेवाग्राहीलाई निकै कठिनाइ हुँदै आएको थियो ।

एक्सरे मेसिन मर्मत गरी सञ्चालनमा आएपछि निकै सहज भएको अस्पतालका जनस्वास्थ्य अधिकृत रमेश न्यौपानेले बताउनुभयो । अस्पताल स्थापनाकालमा राखिएको मेनुअल प्रविधिको एक्सरेले राम्रो काम नगर्दा २०७९ चैत्र १७ गते एच आर मेडिको कन्सर्न प्रालि बुटवल बाट फुजी कम्पनीको डिजिटल एक्सरे खरिद गरिएको थियो ।

मेसिनको १ वर्ष वारेन्टी रहेकोमा बिग्रिएर थन्किएको थियो । सप्लायर्सले लामो समय सम्म मर्मत गर्न आनाकानी गर्दा पुरानै मेसिनको प्रयोग गरी सेवा दिनुपर्ने बाध्यता रहेको थियो । पुरानो एक्सरे मेसिनले धमिलो प्रिन्ट दिँदा समस्या पहिचान गर्न पनि असहज हुँदै आएको थियो ।

सप्लायर्सलाई निरन्तर दवाव दिएपछि अन्नत मेसिनको मर्मत भएको हो । नेपालमा मर्मत सम्भव नभएपछि बिग्रिएको डिभाइसलाई कोरिया लगेर मर्मत गरेपछि अहिले डिजिट एक्सरे मेसिनबाटै सेवा दिन सुरु गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ