नवलपरासी: वार्षिकोत्सवको अवसर पारेर बर्दघाट १० मा रहेको ग्लोबल एकेडेमीले आयोजना गरेको स्वास्थ्य शिविरमा सात सय बढिले सेवा लिएका छन । विद्यालयले समाज प्रति उत्तरदायी हुँदै बर्दघाट नगरपालिका र सरावल गाउँपालिकालाई लक्षित गरेर विद्यालयले स्वास्थ्य शिविर गरिएको थियो ।
ग्लोबल एकेडेमी वेस्टर्न एजुकेसन रिसर्च सेन्टरबाट मार्फत सञ्चालनमा रहेको छ । सेन्टरका अध्यक्ष गोविन्दप्रसाद पौडेलले वेस्टनले शिक्षा र स्वास्थ्यमा समेत लगानी गरिरहेको उल्लेख गर्नुभयो । शिक्षा मात्रै राम्रो भएर हुँदैन, स्वास्थ्य पनि राम्रो हुनु पर्छ भन्ने मान्यतामा निजी विद्यालय सञ्चालन गरिरहँदा स्वास्थ्य शिविर गरेको पौडेल बताउनु भयो । मेडिकल कलेजले प्रदान गर्ने सेवाको पहुँच देखि टाढा ग्रामीण भेगमा रहनु भएका लाई मेडिकल कलेजबाट प्रदान हुने स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर गरिएको हो पौडेलले भन्नु भयो । विद्यालयले १६ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य शिविरको आयोजना गरिएको संयोजक इन्द्र ढकालले बताउनुभयो । युनिभर्सल कलेज अफ मेडिकल साईन्सको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी रोग, आँखा, दाँत सम्बन्धी रोग र महिलामा देखिने रोगहरूको परिक्षण शिविर सञ्चालन गरिएको संयोजक ढकालको बताउनुभयो। शिविरमा स्वास्थ्य परिक्षण गर्नका साथै विशेषज्ञ डक्टरहरूको परामर्श र निशुल्क औषधीको समेत व्यवस्था रहेको थियो।
प्रयोगशालामा परिक्षण गर्नुपर्ने हरूको नमुना सङ्कलन गरी मेडिकल कलेजमा लागिएको छ। मेडिकल कलेजमा परिक्षण गरी निशुल्क रूपमै रिपोर्ट उपलब्ध गराउने मेडिकल कलेजका प्रशासनिक कोअर्डिनेटर तेजु के सीले बताउनु भयो। शिविरमा स्वास्थ्य परिक्षण पश्चात थप उपचार गर्नुपर्ने बिरामीका लागि निशुल्क यातायातको व्यवस्था गरिएको छ। भोलि २० गते बिहान १० बजे थप उपचार गर्नु पर्ने बिरामी लिन बस आउने के.सी. ले बताउनु भयो। थप उपचार गर्नु पर्ने बिरामीहरूलाई प्रकृति हेरेर सम्पूर्ण उपचारमा लाग्ने शुल्कमा २० देखि ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
ग्लोबल एकेडेमीका अध्यक्ष हरि अधिकारीले समाजमा निजी शैक्षिक संस्थाहरू नाफामुखी मात्रै हुन्छन् भन्ने भाष्य चिर्न शिविर गरिएको बताउनु भयो। अधिकारीका अनुसार ग्लोबल एकेडेमीले विगतदेखि नै सामाजिक उत्तरदायित्व महसुस गरी समुदायलाई लाभ हुने खालका विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको बताउनुभयो ।“निजी शैक्षिक संस्थाहरूले केवल नाफा मात्रै कमाउँछन् सामाजिक उत्तरदायित्वमा चासो देखाउँदैनन् भन्ने बुझाइलाई चिर्न विगतका वर्षहरूमा जस्तै यस वर्ष करिब १० लाख लागतमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । “ अधिकारीले भन्नुभयो । बर्दघाट नगरपालिका र सरावल गाउँपालिकालाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको छ।
सामान्य खालका बिरामीहरूलाई एक हप्तासम्म पुग्ने औषधि दिने विद्यालयले बाट नै दिइएको छ।केही औषधि विद्यालयले तथा केही औषधि बर्दघाट नगरपालिका, बर्दघाट ९ र १० वडा कार्यालय, र बर्दघाट ९ मा रहेको सुलभ फार्मेसीका सञ्चालक बाबुराम तिमल्सिनाले औषधि सहयोग गर्नुभएको अधिकारीले जानकारी दिनुभयो।
विद्यालयका प्रिन्सिपल मणी शर्माले वार्षिकोत्सवको अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गरिएको र विद्यार्थी, अभिभावक र आम समुदायको उल्लेखनीय उपस्थिति रहेको बताउनु भयो। “ स्वास्थ्य शिविर मार्फत संस्थागत विद्यालयले पनि समुदायलाई लक्ष्यित गरेर काम गर्न सकिन्छ भन्ने उदाहरण ग्लोबलले दिएका छौं।“ शर्माले भन्नु भयो।
प्रतिक्रिया