+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शुद्ध खानेपानीका लागि प्रभावकारी काम गर्दै बर्दघाट खानेपानीकाे सुरक्षा योजना समुह 

न्यूज कुरा
२०८१ पुष २७, शनिबार

नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको श्रोत देखी मुख सम्म शुद्ध खानेपानी काे पहुँचका लािग निरन्तर लागिपर्दै आइरहेको छ । कयौँ आयोजनाले उपभोक्ता माझ सहज रुपमा खानेपानी उपलब्ध गराउन कठिन परिरहेको समयमा बर्दघाट खानेपानीले भने आफ्ना उपभोक्ताहरूलाई २४ सै घण्टा नेपाल गुणस्तर मापदण्ड अनुरूपको पानी उपलब्ध गराउँदै आएको छ । श्रोत देखी उपभोक्ताको मुख सम्म शुद्ध खानेपानीकाे पहुँचका लागि प्रभावकारी रुपमा काम गर्न खानेपानी सुरक्षा योजना लागु गरेर काम गर्दै आइरहेको छ । 

सुरक्षा योजना समुहले खानेपानीको शुद्धता सँगै उपभोक्ता सचेतनाका लागि विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको सुरक्षा योजना संयोजक कमल थापाले बताउनुभयो । बर्दघाट खानेपानीको सेवा क्षेत्र वडा नम्बर ४ मात्र भए पनि खानेपानीले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा नगरभित्रका अन्य खानेपानी आयोजनाहरूलाई पनि समावेश गराउँदै आएको छ । संस्थाले नगरकै एक अग्रणी संस्थाको रुपमा आफ्नो कर्तव्य निभाउँदै अन्य आयोजनाहरूलाई पनि समावेश गराउने गरेको अध्यक्ष दीपक लम्सालले बताउनुभयो । 

शनिवार संस्थाको सुरक्षा योजना समुहले नगरभित्रका खानेपानी आयोजनाका प्रतिनिधि, वडा नम्बर ४ मा रहेका टोल विकास संस्थाका प्रतिनिधि, स्वास्थ्य संयमसेवीका, सचेतना समुहका सदस्यहरूसञ्चारकर्मीहरूलाई सहभागि गराई सुरक्षा योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सहभागीहरूलाई सुरक्षा योजनाको काम, कर्तव्य सँगै खानेपानीको शुद्धताका लागि अपनाउनुपर्ने आनीबानी र पानी सँग जोडिएका भ्रम र सत्यताका बारेमा स्वास्थ्य कार्यालय रूपन्देहीका खिमलाल पाण्डेले सहजीकरण गर्नुभएको थियो । 

पाण्डेले कार्यक्रममा सुरक्षा योजनाका चरण, नेपालमा खानेपानीको अवस्था , पानीजन्य रोग र सरोकारवालाहरूको भूमिकाका बारेमा प्रष्ट पार्दै सहभागीका तर्फबाट उठेका जिज्ञासाको सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका वडा नम्बर ४ का अध्यक्ष एवं संस्थाका सल्लाहकार वेधबिना तिवारीले खानेपानी मुहान देखी उपभोक्ताको मुख सम्म पुग्दा मापदण्ड अनुसारको शुद्धता र गुणस्तर कायम गर्न चुनौती रहे पनि बर्दघाट खानेपानीले हाल सम्म मापदण्ड अनुसारै खानेपानी उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले पानीको मुहान सरसफाइ र पानीको शुद्धतामा संस्थाले विशेष ध्यान दिनुपर्ने बताउनु भन्दै खानेपानीको शुद्धताको विषय प्रत्यक्ष रुपमा मानव स्वास्थ्य सँग जोडिएको विषय भएकोले थोरै मात्र ध्यान नपुगे यसले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने उल्लेख गर्नुभयो । खानेपानीको शुद्धता र त्यसको सुलभ पहुँचका लागि खानेपानी सुरक्षा योजना समिति सदैव चनाखो हुनुपर्ने तिवारीले बताउनु भयो । 

संस्थाका अध्यक्ष दीपक लम्सालले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपभोक्ताहरूलाई शुद्ध पानी उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले पानीको निरन्तर परिक्षण गर्ने र केही अपुग देखिए तत्काल मापदण्ड पुरा गरी उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउन संस्था प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको थियो । खानेपानी सुरक्षा योजना समितिका संयोजक कमल थापाले खानेपानीको शुद्धताको बारेमा उपभोक्ताहरूलाई सचेत गराउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिँदै काम गरिने बताउनु भयो। 

संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले सस्थाको बित्तिय र भौतिक गतिविधि प्रस्तुत गर्दै समय समयमा हुने यस्ता खालका कार्यक्रमले संस्थालाई थप शसक्त र मजबुत बनाउँदै लैजाने बताउनुभयो । सुरक्षा समिति सदस्य लक्ष्मी शर्माको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन संस्थाका सचीव शोभाकान्त कोइराला (शिव)ले गर्नु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ