१४ पुस, नवलपरासी: सहकारी भन्नासाथ पैसा बचत गर्नै ऋण निकाल्ने मात्रै भन्ने लाग्न सक्छ । सहकारीले आर्थिक क्षेत्रमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेखनीय योगदान दिइरहेको छ । हिंसाको चपेटामा परेका महिलाहरूका लागि आशाको किरण बनेको छ भन्दा पत्यार नलाग्न सक्छ तर पश्चिम नवलपरासीमा रहेको दाउन्ने देवी महिला बहुउद्देश्यिय सहकारी संस्थाले हिंसा पीडित महिलाहरूका लागि आश्रय स्थल सञ्चालन गरेर काम गरिरहेको छ । २०६६ साल बाट सञ्चालन गरेको आश्रय स्थलमा हाल सम्म २ हजार २ सय १३ जना हिंसा पीडित / प्रभावितहरूले सेवा लिएका छन् । ३ वर्ष देखि ५ वर्ष उमेर समुहका १४२ जना, ५ देखि १० वर्ष समुहका १६ जना, १० देखि १५ वर्ष समुहका ९५ जना, १५ वर्ष देखि १८ वर्ष समुहका २९३ जना, १८ देखि ३५ वर्ष समुहका ९०६ जना, ३५ वर्ष देखि ५० वर्ष समुहका ५६१ जना, ५० वर्ष देखि ६० वर्ष समुहका १२१ जना र ६० वर्ष माथिका ७९ जना हिंसा पीडित र प्रभावितहरूले सेवा लिएका छन् । जसमा महिला १ हजार ९ सय ६९ जना ,बालिका १४९ जना र बालक ९५ जना रहेको सेवा केन्द्र प्रमुख निशा चौधरीले बताइन् ।
आएका केसहरू विभिन्न निकाय र संस्थाहरू बाट सम्प्रेषण गरेका हुन् । प्रहरी बाट १ हजार २ सय ९२, स्थानीय तहबाट १६९, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र बाट १०२, विभिन्न सङ्घ संस्थाहरूबाट २८९, सेवा केन्द्रमा सोझै आएका ३६१ जना रहेका छन् । जिल्लाका स्थानीय तहले अहिले सम्म हिंसा पीडितका लागी आश्रय स्थल सञ्चालन गर्न सकेका छैनन् । महिलाहरूले सञ्चालन गरेको यस आश्रय स्थललाई आर्थिक समस्याका बावजुत पनि सेवा सञ्चालन गरिरहेको सहकारीका अध्यक्ष देवी पौडेल बताउँछिन् । नवलपरासी जिल्ला टुक्रनु अघि ३४ वटा महिला सहकारी थिए । हिंसा पीडितका लागि आश्रय स्थल सञ्चालनको जिम्मा दाउन्ने देवी महिला बहुउद्देश्यिय सहकारी संस्थाले लियो । २०६६ सालमा महिला विकासको ८ लाखको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो । राज्य पुनः संरचना सँगै नवलपरासी जिल्ला पूर्वी नवलपरासी र पश्चिम नवलपरासी मा विभाजन भएपछि आश्रय स्थलमा केन्द्र सरकार बाट ३ लाख रुपैयाँ र प्रदेश सरकार वाट ५ लाखको सहयोग प्राप्त हुन थाल्यो । पछि क्रमश प्रदेश सरकार र केन्द्र सरकार बाट आर्थिक सहयोग प्राप्त हुन छाडेपछि सहकारीले नै आर्थिक खर्च गरेर आश्रय स्थल चलायो ।
२०७४ सालमा निर्वािचत बर्दघाट नगरपालिकाका जनप्रतिनिधिले २ लाख रुपैयाँ आर्थिक सहयोग गरे पनि त्यस पश्चात स्थानीय सरकारमा पटकपटक आर्थिक सहयोगका लागी पत्र पठाउने र प्रत्यक्ष भेटघाटमा सहयोगको अपिल गरे पनि सुनवाई नभएको अध्यक्ष पौड्यालको गुनासो छ । उनी भन्छिन् “यदि दाउन्ने देवी महिला बहुउद्देश्यिय सहकारी संस्था हुदैन थियो भने आश्रय स्थल उहिले बन्द हुन्थ्यो , यहाँका हिंसा पीडित महिला दिदी बहिनीहरूले न्याय पाउनका लागि एक्लै हुनुपर्ने अवस्था आउने थियो” । २०६६ देखि २०८०।०८१ सम्म जबरजस्ती करणीका ६६, बेचविखनका ७५, बहुविवाहको ११४, अनमेल विवाहको ११३, दाइजोको १०६, कुटपिट ३७९ ,घरनिकाला ३७२, यौन दुर्व्यवहार १०९ ,गाली बेइज्जती ६०० , अलपत्र वेवारिसे ८४ र अन्य १९५ जना हिंसा प्रभावित महिला तथा बालकालिका रहेको पौड्यालले बताईन् । जसमा दलित ३५३, जनजाति ७७७, मुस्लिम १६५, मधेशी ४९३ र अन्य ४२५ रहेका छन् । २०७४ सालमा नवलपरासीमा बाढीले मच्चाएको वितण्डा बाट आश्रय स्थल पनि जोगिन सकेन , फर्निचर, लत्ताकपडा सहित संस्थागत डकुमेन्टमा समेत पूर्ण क्षति पुग्यो । विभिन्न संस्थाको सहयोगमा पुनः आश्रय स्थलले पूर्णता पायो ।
संस्थामा आउने हरेक उतारचढावलाई चिर्दै आजको दिन सम्म आइपुग्दा पनि तिमिहरुले यति काम गर्यौ भनेर हौसला दिने कोहि नहुदा दुख लाग्ने गरेको पौड्यल बताउँछिन् । बर्दघाट नगरपालिका बडा नं। ४ कि २३ बर्षिय सुनिता शर्मा (नाम परिवर्तन) विवाहा भएको ३।४ महिना बाटै श्रीमान् संगको दुरी बढ्न थाल्यो । घर परिवारको कुरा सुनेर श्रीमतिलाई शंका गर्नै देखि मानशिक यातना दिन थालेका श्रीमान्ले विस्तारै शारिरीक यातना दिन थालेपछि उनी माईतिको शरणमा पुगिन् । न्यायको खोजीमा उनी दाउन्नेदेवी महिला महिला बहुउद्देश्यिय सहकारीको ढोका ढ्क्ढक्याउन पुगिन । सहकारीको सहयोगमा २०७८ सालमा जिल्ला अदालतमा मुद्धा दायर भयो मुद्धाको फैसला सुनिताको पक्षमा रह्यो । परिवार पक्षबाट फेरी उच्च अदालत बुटवलमा मुद्धा परेकोमा हालसालै पुनः सुनिताको पक्षमा फैसला भएको छ । यो विचमा समाजमा उठेका विभिन्न खालका लान्छना लाई चिर्दै उनि अहिले ब्यूटिशियन पेशामा आफुलाई अब्बल ठहराएकी छन् । सुनिता भन्छिन् “घरमा पाएको शारिरीक हिसा सहन नसकेर माईतिमा आएपनि गाउका मान्छेले गर्नै ब्यबहार र आफन्ती बाट पाएको तिरस्कारले पटक पटक आत्महत्याको बाटो रोजे तर बुबा आमाको अनुहार सम्झेर फर्किर , म बुबा आमाको एक्लो सन्तान थिए , मैलेनै संसार छोडेमा मेरो बुबा आमाको के होला भन्ने लाग्थ्यो , पछि दाउन्नेदेवी बहुउद्देश्य सहकारीले हिसा पीडितका लागी काम गर्छ भन्ने थाहा पाएर उहाहरुको साथ र हौसलाका कारण मुद्धा पनि जिते । पछि खाली बसेर केहि हुदैन् केहि गर्नु पर्छ भन्ने लाग्यो र ब्यूटिशियन तालिम लिएर अहिले आफनै पार्लर सञ्चालन गरेर बसेकि छु। हिजो नानाथरी भन्ने मान्छेहरु आज मलाई देखाएर उदाहरण दिन्छन् खुशि लाग्छ । ” उनी मात्र हैन उनी जस्ता अन्य हिंसा पीडित महिलाहरू यस आश्रयस्थलमा आश्रय लिएर नयाँ जीवनको सुरुवात गरिरहेका छन्। यहाँ उनीहरूलाई सुरक्षित बास, खानपिन, मनोसामाजिक परामर्शलगायतका सेवाहरू प्रदान गरिन्छ।
पाल्हिनन्दन गाउँपालिका २ कि कल्पना यादव (नाम परिवर्तन) विवाह भएको २० वर्ष सम्म पनि सन्तान नभए पछि घर परिवार बाट तिरस्कृत हुन पुगिन । सरकारी विधालयका शिक्षक रहेका उनका श्रीमान्ले आफैले पढाउने कक्षा १० की छात्रा संग विवाह गरे । परिवार र समाजको तिरस्कार बाट आफुलाई सम्हाल्दै आएकी कल्पनालाई दास्रो विबाह गरे सँगै शारिरीक यातना समेत पाउन थालिन । जेठानी र उनको छोराले कुटपिट गर्दा दुईबटै हात भांचिदिएपछि दाउन्नेदेवी महिला बहुउद्देश्यिय सहकारी मा तीन महिना सम्म आवास गृहमा बसिन् । हातमा लगाएको प्लाष्टर खोलिए पछि कानुनी लडाईमा सहकारीले साथ दियो, अहिले कल्पना श्रीमान् संग अलग भएर गाउमै सानो टेलर चलाएर आफनो दैनिकि चलाएकी छन् । उनी भन्छिन् “घरको मान्छेले गरेको ब्यवहारले मलाई निकै गाह्रो भएको थियो माईती ईन्डीया हो जान पनि टाढा बुबा आमा पनि नभएको भाई बुहारी संग जान मन लागेन । परासीमा रहेको महिलाको संस्थाले म विमार हुदा खुव ध्यान दियो, निको बनायो पछि बुढा संग जग्गा लिएर बसे अहिले कपडा सिलाएर बसेछु। राम्रो लागेको छ ” आश्रयस्थलमा बसेका महिलाहरूले सहकारीले गरेको यो पहलले उनीहरूलाई हिम्मत दिएको बताएका छन् लघुवित्त मा काम गर्नै प्रतापपूर गाउपालिकाकी १८ वर्षिय किशोरी रिम्ता रौनियार (नाम परिवर्तन) प्रतापपूर वाट गुठीप्रसौनी बचत उठाउन जाने क्रममा सटकट बाटो उखुवारी थियो । २०७३ साल जाडोको समय बिहानै उखुवारीको बाटो हिड्ने क्रममा सामुहिक बलत्कारमा परिन । जिल्ला अस्पतालमा उपचार पश्चात उनका परिवारले घर लैजान मानेन्न । सहकारीको आबास गृहमा बसेरै उनलाई बलत्कार गर्नै १० जना मध्ये नौ जना लाई जेल पुर्याउन सफल भईन १ ईन्जीनियर अझै फरार रहेका छन् । उनी भन्छिन् “घरपरिवारले ईज्जत र समाजको डर ले घर लैजान मानेको थिएन्न मैले भने गल्ति मैले गरेको छैन् म किन डराउने ,ईज्जत त मलाई त्यस्तो गर्नै मान्छेको जाने हो भनेर घरमा आए, कति दिन आश्रय स्थलमा बस्ने सधै बस्ने कुरा भएन । घर आएपछि फेरी कलेज जोईन गरे अहिले पढाई पुरा गरेर लघुवित्तमै राम्रो पदमा काम गरेकी छु । घर परिवारलाई पनि हेरेको छु। ” यदि दाउन्नेदेवी महिला बहुउद्देश्य सहकारी संस्था हुदैन थियो भने यसरी समाजमा आएर खडा हुन सक्ने अवस्था आउदैन्थ्यो भन्छीन रिम्ता ।
आवास गृहमा आर्थिक वर्ष २०८०।०८१ मा रामग्राम नगरपालिका बाट १० जना, सुनवल नगरपालिका बाट ५ जना, प्रतापपूर गाउपालिका बाट ८ जना, सरावल गाउपािलका बाट ८ जना, पाल्हिनन्दन गाउपालिका बाट १३ जना, सुस्ता गाउपालिका बाट ११ जना, बर्दघाट नगरपालिका बाट १२ जना गरी ६७ जना हिंसा प्रभावितले सेवा लिएका छन् । प्रत्येक स्थानीय तहले सकेसम्म बडा स्तरमा नभए पालिका स्तरमा हिंसा प्रभावितका लागि आभास गृह सञ्चालन गर्नुपर्नै मा पश्चिम नवलपरासीमा एउटा पनि स्थानीय तहमा आबास गृह सञ्चालन गर्न नसक्नुदुखद पक्ष रहेको बताउछन् जिल्ला समन्वय समिति संयोजक भगौती यादव रुदल । उनी भन्छन् “जिल्ला समन्वय समितिले आर्थिक रुपमा केहि गर्नको लागि वजेट हुदैन बजेट सवै स्थानीय तहमा मात्रै हुने भएकोले जिल्लामै एउटा मात्रै हिंसा प्रभावितका लागि आबास गृह रहेको त्यो पनि आर्थिक संकटमा जुदेको हुदा ,विगत देखिनै राम्रो काम गर्दै आएको संस्था दाउन्नेदेवी लाई सहयोग पुर्याउनका लागि हामी समन्वय संस्था भएकोले पालिकाहरु संग समन्वय गर्नै काम गरिराछौं । ” जिल्ला समन्वय समितिले यस सहकारीको कामलाई सघाउन चासो देखाएकोले यस क्षेत्रमा थप सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ। यसले अन्य स्थानीय तहलाई पनि यस्तो खालका कार्यक्रम सञ्चालन गर्न प्रेरित गर्नेमा आसावादी छन् सहकारी अध्यक्ष पौड्यल । बर्दघाट नगरपालिकाकाले आश्रय स्थलको लागी भनेर वजेट छुट्याउदै आए पनि नगरपालिका को क्षेत्रभन्दा बाहिर परासी रहेको हुदा सहकारीको नाममा भूक्तनी दिनको लागी कानुनी अड्चनले गर्दा रकम निकासा गर्न नसकिएको बताउछन् बर्दघाट नगरपालिकाका उप प्रमुख रुद्र प्रकाश उपाध्याय ।
यस आर्थिक बर्षमा पनि हिंसा प्रभावितका लागी आश्रय स्थल भनेर १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । सात वटा पालिका मध्ये ६ वटा पालिकाको सामुहिक आश्रय स्थलको रुपमा दाउन्नेदेव बहुउद्देश्यिय सहकारी संस्थाले सँचालन गरेको आश्रय स्थललाई नै साझा कार्यक्रमको रुपमा काम गर्नै गरि तयारी भएको उपाध्यायले बताए । उनी भन्छन् “जिल्ला समन्वय समिति को नेत्रित्वमा एउटा अनुगमन टिम बनाएर कार्यविधि बनाएर अगाडि बढ्ने ६ बटौ पालिकाका उप हरुको बैठक बाट निर्णय भएको छ । कार्यबिधि बनिसकेको मा जिल्ला समन्वय समितिले स्विकृत गरे पश्चात पत्रचार गर्नै छ र पालिकाहरुमा छुट्याईएको बजेट जिल्ला समन्वयको खातामा पठाईने छ । ” जिल्लामा रहेका बर्दघाट नगरपालिका , रामग्राम नगरपालिका, सुस्ता गाउपालिका, प्रतापपूर गाउपलिका, सरावल गाउपालिका, र पाल्हिनन्दन गाउपालिका ले हिंसा प्रभावितका लागि अस्थाई आवास गृह जिल्ला समन्वय समितिको नेत्रित्वमा गर्नै भएका छन् भने सुनवल नगरपालिका ले पालिकामै हिँसा प्रभावितका लागि आवास गृह सञ्चालन गर्ने बताएको छ ।
सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालले पालिकामै खाली रहेको भवनलाई मर्मत कार्य गरेर हिँसा प्रभावितका लागि अस्थाई आवास गृह सञ्चालन गर्नै तयारी भएको बताएकी छन् । स्थानीय सरकारमा निर्वाचित भएर आए पश्चात पहिलो वर्ष बुझ्दैमा गयो यो आर्थिक बर्षमा भने हिंसा प्रभावितका लागि बजेट विनियोजन गरिएको बताउँछिन् सुस्ता गाउपालिका उपाध्यक्ष गिता चौधरी, उनी भन्छिन् “आश्रय स्थलमै राख्नुपर्नै खालको केश बर्षमा ३।४ वटा मात्रै आउछ। आश्रय स्थलकै लागि भवन बनाउने देखि बस्नको लागी उचित वातावरण तयार गराउदा लगानी धेरै लगाउनु पर्नै भएकोले सात बटै स्थानीय तहका उपा प्रमुख र उपाध्यक्षहरु बैठक बसेर दाउन्नेदेवी बहुउद्देश्य सहकारी संस्थाले सञ्चालन गर्दै खाएको हिंसा प्रभावितका लागी आवास गृहलाई सवै पालिका बाट सक्दो बजेट विनियोजन गर्नै निर्णैय गरिएका थियौ । सुस्ता गाउपालिकाले ५० हजार बजेट महिला सहकारीकै नाममा विनियोजन गरेका छौ । ”सवैको लागि पायक पर्नै स्थान सदरमुकाममा आबास गृह राख्दा पछि कानुनी रुपमा लड्नको लागी पनि सहज हुने बुझाई छ गिताको । परिवारिक, सामाजिक, आर्थिक, राजनैतिक र हाम्रा धर्म संस्कारका कारण महिलाहरु दिनानुदिन हिंसामा पर्नै क्रम बढ्दो अबस्थामा रहेको बताउँछिन् संविधान सभा सदस्य एवम् संस्थाका पूर्व अध्यक्ष सिन्धुजलेसा बुढाथोकी ।
गाउँगाउँमा सिहदारवार आएको मा स्थानीय तहलेनै विशेष जोड दिएर हिंसा प्रभावितका लागि वजेट विनियोजन गर्नुपर्नुे उनको भनाई छ । उनी भन्छिन् “ हिंसा प्रभावितका आवाज बुलन्द गर्दै उनीहरुलाई व्यवस्थापन र कानुनी पाटोमा सहयोग गरी पुनःस्थापन गर्नका लागी स्थानीय सरकार सँगै विभिन्न संघसंस्था ,नागरिक समाज मिडियाहरुको सहयोगको आबश्यकता छ । दाउन्नेदेवी महिला बहुउदेहिय सहकारी संस्थाले हिसा प्रभावितका क्षेत्रमा उदाहरणिय काम नै गरेको छ । महिला अधिकार, उद्यमशीलता, सँगै स्वरोगजगार बनाउनको लागि पश्चिम नवलपरासीका मात्रै नभएर प्रदेशमै उत्कृष्ट महिला सहकारी बाट सम्मानित संस्था भएको हुदा सवैले आ आफनो क्षेत्रबाट सहयोग गर्नु पर्छ ।”
प्रतिक्रिया