१८ साउज, नवलपरासी: बर्दघाटमा रहेको नर्मदेश्वर शिवालय मन्दिरमा श्रीमद्भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठान हुने भएको छ ।
शिव मन्दिर विकास समिति तथा यज्ञ सम्पादन मुल समितिले विहिबार पत्रकार सममेलन आयोजना गरी श्रावण २ज्ञ गते देखी २८ गते सम्म अनुष्ठान हुने जानकारी गराएको हो ।
पूर्व पश्चिम राजमार्ग संगै जोडिएको धार्मिक एवं पर्यटकिय रुपमा परिचित मन्दिरमा भगवान शिवको प्रिय मिहना श्रावण मिहनालाई मध्यनजर गरी महायज्ञको आयोजना गरिएको यज्ञ सम्पादन गरिएको यज्ञ समपादन मुल समितिले जनाएको छ ।
यस मन्दिरमा भक्तजनहरुको गहिरो आस्था रहँदै आएको छ । मन्दिरमा आई मागेको मनोकामना पुरा हुने जनविश्वास रहँदै आएको छ ।
२०४२ सालमा स्थानिय अर्भानुरागी र समाजसेवीहरुले मन्दिरको स्थापना गरे पनि हाल सम्म मन्दिरको उचित प्रचारप्रशार हुन नसक्दा ओझेलमा परेको शिव मन्दिर विकास समितिकी अध्यक्ष देवी पौडेलले बताउनुभयो ।
मन्दिरमा विभिन्न समयमा यज्ञहरु आयोजना गरी भक्तजनबाट प्राप्त दान संगै स्थानिय सरकोरको सहयोगमा विभिन्न संरचनाहरु निर्माण भएका छन् । केही संरचनाहरु अधुरो रहेको र केही संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताउनुभयो ।
अहिले आयोजना गरिएको यज्ञ बाट २५ लाख जति दान संकलन हुने अपेक्षा रहेको र ७ लाख खर्च हुने अनुमान गरिएको आर्थिक संयोजक डि.बि अधिकारीले जानकारी दिनुभयो । उहाँले भक्तजनबाट प्राप्त हुने सहयोग पारदर्शीरुपमा सार्वजनिक गरिने बताउनुभयो ।
श्रीमद्भागवत महापुराण तथा श्रृङ्गारिक महाआरती रुद्राभिषेक महाअनुष्ठानमा सुप्रसिद्ध कथा बाचक पं. श्री चन्द्रकान्त काफ्ले ज्यूले कथा प्रवचन गर्नुहुने यज्ञ सम्पादन मुल समितिका संयोजक नन्दलाल न्यौपानेले बताउनुभयो ।
महायज्ञलाई भब्य रुपमा सफल बनाउनका लागि सम्पूर्ण भक्तजन र सरोकारवाला सबैलाई यज्ञ सम्पादन मुल समितिले आग्रह गरेको छ ।
प्रतिक्रिया