+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटकीय स्थलको प्रचार प्रसारका लागि बर्दघाटमा चित्रकला प्रतियोगिता 

न्यूज कुरा
२०८१ माघ १६, बुधबार

नवलपरासी: बर्दघाट नगरपालिका भित्र रहेका पर्यटकीय स्थलहरूको प्रचार प्रसारका लागि चित्रकला प्रतियोगिता गरिएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा कुमुदिनी इङ्ग्लिस बोर्डिङ स्कुलकी आँचल चौधरी प्रथम भएकी छन् । मनकामना इङ्ग्लिस बोर्डिङ स्कुलकी एलिना चौधरी द्वितीय, दाउन्नेदेवी माध्यमिक विद्यालयकी खुसी भुसाल तृतीय, बाल्मिकी माध्यमिक विद्यालयका विकास बिक र माउन्ट एभरेस्ट इङ्ग्लिस बोर्डिङ स्कुलकी बसन्ती कुमारी बिक शान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

नगर भित्र रहेको धार्मिक, ऐतिहासिक महत्व बोकेको पर्यटकीय स्थलहरू प्रचार प्रसार गर्न उद्देश्यले चित्रकला प्रतियोगिता राखिएको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले जानकारी दिनुभयो । भाषाको आविष्कार भन्दा अगाडि नै चित्रकलाको माध्यमबाट सञ्चारको आदानप्रदान भएको उल्लेख गर्दै न्यौपानेले प्रतिष्ठानले बर्दघाट नगर अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता मार्फत नगरभित्रका पर्यटकीय स्थलहरूमा विद्यार्थी हरूको ध्यान केन्द्रित गरेको धारणा राख्नु भयो ।

कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले प्रज्ञा प्रतिष्ठान मार्फत नगरभित्र रहेका कला भाषा संस्कृतिहरूको जगेर्ना गर्दै धार्मिक एवं पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नगर भित्र रहेर ओझेलमा परेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूलाई नगरले एकीकृत विकास योजना अन्तर्गत राखेर तिनीहरूलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिरहेको श्रेष्ठको भनाइ रहेको छ ।

बर्दघाट नगरपालिकाका प्रवक्ता एवं बर्दघाट वार्ड नं १४ का वडा अध्यक्ष सन्तबहादुर गाहाले प्रतिष्ठानले राखेको चित्रकला प्रतियोगिताले विद्यार्थीहरूको अन्तर्निहित क्षमताको अभिवृद्धि हुने बताउनुभयो ।

प्रतियोगितामा मन गोल्डी, तपचन्द्र प्रयासी, रशुजङ्ग राणाले निर्णायक मण्डलको भूमिका खेल्नुभएको थियो । कार्यक्रममा बर्दघाट प्राज्ञ प्रतिष्ठानका भाषा साहित्य प्रमुख दीप प्रकाश लोहनीको स्वागत, सदस्य सचिव शरद पौड्यालको सञ्चालन र कुलपति डाक्टर घनश्याम न्यौपानेको रहेको थियो ।

प्रतियोगितामा प्रथमलाई नगर ७ हजार, द्वितीयलाई नगद ६ हजार तृतीयलाई ४ हजार ५ सय र सान्त्वनालाई ३ हाजर सहित प्रमाणपत्र प्रदान गरीने सदस्य सचिव पौडेलले जानकारी दिनुभयो । बर्दघाट नगरपालिका भित्र रहेका आधारभूत र माध्यामिक विद्यालयको कक्षा ८, ९ र १० मा पढ्ने १५ जना विद्यार्थीहरू प्रतियोगितामा सहभागि भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ