+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्रामिण बाल्मिकी सहकारीको उदय र मिर्मिरे सेवाकेन्द्रको साधारणसभा सम्पन्न

न्यूज कुरा
२०८१ आश्विन १७, बिहीबार

१७ असोज, नवलपरासी: ग्रामीण बाल्मिकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को ३१ औं वार्षिक साधारणसभा अन्तरगत उदयर मिर्मिरे सेवाकेन्द्रको साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष रविन्द्रविक्रम हमालको अध्यक्षता र बर्दघाट वडा नम्बर १३ का वडा अध्यक्ष नरवहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीको असोज १४ गते देखी सुरु भएको एकाइगत साधारणसभा विहिबार सम्म स्वर्णिम, दाउन्नेदेवी, बर्दघाट, उदय र मिर्मिरे गरी ५ वटा सेवाकेन्द्रको साधारणसभा सम्पन्न भैसकेको छ । उदय र मिर्मिरे सेवाकेन्द्रको संयुक्त रुपमा गरिएको साधारणसभामा सह सचिव कृष्ण प्रसाद गौतमले निति तथा कार्यक्रम, कोषाध्यक्ष मुरलीकृष्ण खनालले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य अमृता ढकालले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले प्रस्तुत सबै प्रतिवेदन र प्रतावहरु पास गरेको छ । 

साधारणसभामा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका वडा अध्यक्ष नरवहादुर चौधरीले ग्रामिण बाल्मिकी सहकारी बर्दघाट नगरपालिकाको मात्र नभएर जिल्लाकै नेतृत्वदायी सफल सहकारी रहेको बताउनुभएको थियो । उहाँले सहकारीमा बचतकर्ताले गरेको बचतको सुरक्षा गर्न संचालक समितिले निकै बुद्धिमतापुर्वक काम गर्नुपर्ने उहाँको भनाई रहेको थियो ।

सहकारीका अध्यक्ष रविन्द्र विक्रम हमालले ग्रामिण बाल्मिीकी  साकोस कुनै लहडको पछाडि नलागी सहकारीको ऐन, नियम र कानुन बमोजीमा अगाडि बढिरहेको संस्था रहेको बताउनुभयो । सहकारीबाट लगेको ऋणको ब्याज र किस्ता इमान्दार भएर बुझाईदिए कुनै अफ्ठेरो नआउने हमालको भनाई रहेको थियो । सहकारीले बचत गर्ने र ऋण लगानी गर्ने मात्र नभई शेयर सदस्यहरुलाई प्रत्यक्ष अनुभुती हुने खालका विभिन्न कार्यक्रम संचालन गर्ने सामाजीक दायित्वलाई आत्मसाथ गर्दै सहकारीलाई निरन्तर अगाडि बढाउने हमालले बताउनुभएको । 

साधारणसभामा संस्थाका सल्लाहकारहरु निवर्तमान अध्यक्ष देवी प्रसाद अधिकारी, गणेश प्रसाद पोखरेल, सुरज केसी, साविक जहदाका गाविस सचिव गणेश कुमार पौडेलले शéकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

विभिन्न विधामा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मान गरिएको थियो । सह सचिव कृष्ण प्रसाद गौतले संचालन गर्नुभएको साधारणसभामा उदय सेवाकेन्द्र संयोजक कमला कंडेलले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ