१२ असोज, नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाटमा २ करोडको लगानीमा नेपाली जुत्ता चप्पल हाउस खुलेको छ । बर्दघाट बजारमा रहेको बर्दघाट मिनी मार्टमा सञ्चालित जुत्ता चप्पल हाउसमा ७ वटा कम्पनीका जत्ता चप्पल पाइने सञ्चालक निर्मल पौडेलले बताउनु भयो । जुत्ता
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटमा सबै खाले जुत्ता चप्पल एकै ठाउमा पाइनु उपभोक्ताका लागि राम्रो हुने बताउनु भयो । “आफूले खोजे जस्तो जुत्ता चप्पल किन्न बुटवल जाने पर्ने थियो । बर्दघाटमै धेरै ब्रान्डका नेपाली जुत्ता चप्पलहरू पाइने हुँदा अब उपभोक्तालाई बुटवल जानू पर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको छु ।“ श्रेष्ठले भन्नु भयो ।
बर्दघाट नगरले स्थानीय र नेपाली उत्पादनको उपभोग र बजारीकरणमा प्राथमिकता दिएको उल्लेख गर्दै नगर प्रमुख श्रेष्ठले नेपाली श्रम र सीपलाई प्रवर्द्धन गर्ने प्रमुख उद्देश्यले बर्दघाटमा नेपाली जुत्ता चप्पलका स्टल सञ्चालन हुँदा बर्दघाटमा बजारको विकास हुने बताउनु भयो ।
बर्दघाटको एउटै पसलमा धेरै ब्रान्डका जुत्ता, चप्पल पाइनुले बर्दघाट नगर र सँगसँगै नवलपरासीकै बजारीकरणमा टेवा पुग्ने सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताउनु भयो । त्यस्तै प्याब्सनका केन्द्रिय सदस्य सन्तोष अधिकारीले बर्दघाट नेपाली ब्रान्डका जुत्ता चप्पल पाइनुले विद्यार्थी र शिक्षकलाई निकै सहज हुने बताउनु भयो ।
दिव्यज्योति बहुमुखी क्याम्पसका अध्यक्ष पुण्य प्रसाद पौडेल स्टलले नेपाली जुत्ता चप्पलको मात्रै बिक्री गर्ने हुँदा नेपाली जुत्ता चप्पलको बजार बढ्ने बताउनु भयो । नेपाली उत्पादन र नेपाली बजारको किनमेलले युवाहरू स्वरोजगार बनाउन सहयोग पुग्ने पौडेलले उल्लेख गर्नु भयो । सरावल गाउँपालिकाकी उपाध्यक्ष बासमती हरिजन, सरावल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुशान्त घिमिरे, बर्दघाट उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मीनराज शर्मा, पूर्व वरिष्ठ उपाध्यक्ष राजु पाण्डे, वाणिज्य उपाध्यक्ष चन्द्र रणपालले व्यवसायी सफलताको शुभकामना दिनु भयो ।
बर्दघाट मिनी मार्टका सञ्चालक निर्मल पौडेलका अनुसार अहिले रन सुज, क्रसरोड, आस्था, सुज ल्यान्ड जस्ता ७ वटा नेपाली ब्रान्डका २ हजार भन्दा बढी भेराइटी का जुत्ता चप्पलहरू पाइने छ । विद्यार्थी, शिक्षक शिक्षिका, बैकर्स, अफिसर र गृहणी सम्मलाई लक्ष्यित गरेर जुत्ता चप्पलहरू उपलब्ध रहेको पौडेलले बताउनु भयो । बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउँपालिकाका उपभोक्तालाई लक्ष्यीत गरिएको छ ।
प्रतिक्रिया