+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टाइम साकोसको साधारणसभा सम्पन्न

न्यूज कुरा
२०८१ भाद्र २, आईतवार

१ भदौ, नवलपरासी: बर्दघाटमा रहेको टाइम बचत तथा ऋण सहकारी संस्था ली. ले १३ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष गणेश पाण्डेको अध्यक्षता र बर्दघाट नगरपालिकाका उपप्रमुख एवं सहकारीका संस्थापक अध्यक्ष रुद्रप्रकाश उपाध्यायको प्रमुख आतिथ्यमामा सम्पन्न भएको साधारणसभाले सहकारीको गत आर्थिक वर्षको आयव्यय सँगै चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमहरू पारित गरेको छ । 

२०६८ सालमा स्थापना भएको सहकारीमा २ हजार १ सय ४७ जना शेयर सदस्य आबद्ध रहेका छन् । सहकारीको शेयर पुँजी ८९ लाख ४७ हजार ५ सय रहेको छ । 

संस्थाले गत आर्थिक वर्षमा ११ करोड ३० लाख ७५ हजार ९ सय ५७ रुपैयाँ १ पैसा बराबरको कारोबार गरी १२ लाख ९६ हजार १ सय ४ रुपैयाँ ५६ पैसा शुद्ध मुनाफा आर्जन गर्न सफल भएको छ । 

साधारणसभाले अध्यक्ष गणेश पाण्डेले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन, सचिव डिल्लीराज कँडेलले प्रस्तुत गर्नुभएको प्रशासनिक प्रतिवेदन, कोषाध्यक्ष ओमप्रकाश डुम्रेले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका सदस्य श्यामकला भन्डारीले प्रस्तुत गर्नुभएको  प्रतिवेदन, ऋण उपसमिति संयोजक भरत कँडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदन पारित गरेको छ । 

वार्षिक साधारणसभामा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नागरिकलाई बचतमा प्रेरित गर्नका लागि विभिन्न सीपमुलक तालिम सँगै वित्तिय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो । उहाँले जसरी सहकारीका सदस्यहरूले सहकारीका हरेक काममा चासो व्यक्त गरिरहेका हुन्छन् त्यसैगरी सबै नागरिकहरूले नगरपालिकाका कामहरूमा पनि चासो व्यक्त गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । 

उपाध्यायले गरिब तथा विपन्न समुदायका युवाहरूलाई ऋणको ब्यवस्था गरेर ब्याज नगरबाटै अनुदानमा उपलब्ध गराउनेगरी योजना अगाडि बढाइएको बताउनुभएको थियो । त्यसका लागि बजेट विनियोजन भैसकेको उपाध्यायको भनाई रहेको थियो । 

सहकारीले साधारणसभाको अवसरमा विभिन्न विधामा उत्कृष्टहरूलाई पुरस्कृत गरेको थियो ।  कक्षा १२ उत्कृष्ट नतिजा सहित उत्रिण  भएका सहकारीमा आवद्ध शेयर सदस्यका छोराछारीहरूलाई पनि सम्मान गरेको थियो । 

टाइम बचत तथा ऋण सहकारी संस्था लि. को सेवा क्षेत्र बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका वडा नम्बर १ र २ सँगै गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर १ र २ रहेको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ