+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजमार्गको हिलोले सास्ती, बर्दघाटका ब्यापारी विरोधमा

दिउँसै लाईट बालेर स्थानिय सरकारको खोजी

नारायण भण्डारी
२०८१ श्रावण २७, आईतवार

२६ साउन, नवलपरासी: पुर्व पश्चिम राजमार्ग हिलाम्य हुँदा आसपासका ब्यापारीहरुलाई मर्का परेको भन्दै बर्दघाटका बयापारीहरु आन्दोलित भएका छन् । बर्दघाट बजार विकास समितिको नेतृत्वमा आन्दोलित भएका ब्यापारीहरुले आईतबार विहान साढे १० बजे देखी पौने ११ बजे सम्म १५ मिनेट पूर्व पश्चिम राजमार्गमा सवारी आवतजावत ठप्प बनाएका थिए ।

अन्यत्र बजार क्षेत्रका चोक हरुमा पक्की सडक बनिसके पनि बर्दघाटमा लामो समय देखी हिलाम्य र खाल्डाखुल्डी युक्त सडककै कारण राजमार्ग आसपासका ब्यापारीहरु पलायन हुने अवस्थामा पुगेको बजारविकास समितिका अध्यक्ष गोविन्द पाध्यायले बताउनुभयो । चाडबाडको समय आईपुग्दा समेत सडककै कारण ग्राहकहरु पसल सम्म पुग्न नसक्ने अवस्था रहेकोमा ब्यापारीको समस्या प्रति कोही पनि गम्भिर नबनेको उहाँको भनाई छ ।

ब्यापारीहरुका लागि मुख्य ब्यापार हुने भनेको चाडबाडकै समय भए पनि वारी बाट पारी पुग्न नसक्ने अबस्थामा ब्यापार हुन नसक्ने चिन्ताले सबै ब्यापारी पिरोलिँदा सम्बन्धीत निकाय बेखबर जस्तै बनेकोमा ब्यापारीहरुले चिन्ता ब्यक्त गरेका छन् ।

बिरोध स्वरुप राजमार्ग बन्द गरेका ब्यापारीहरुले स्थानिय सरकारले पनि समस्या समाधानमा पहल नगरेको र सरकार हराए जस्तै भएको भन्दै दिउँसै सडकमा मोबाईलको लाईट बालेर सरकोरको खोजी गरेका थिए ।

सडकका कारण परेको समस्याका बारेमा पटक पटक ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानिय सरकार सरोकारवाला सबै क्षेत्रमा जानकारी गराए पनि खाली आस्वासन दिने तर काम नहुने समस्या रहेको ब्यापारीहरु बताउँछन् ।

सडकमा उत्रिएका ब्यापारीहरुले जनप्रतिनिधिहरुलाई पनि बोलाएकोमा उनीहरुको उपस्थिति नभएपछि नगरपालिकामै पुगेर नगर प्रमुखलाई ब्यापारीका समस्यामा गम्भिर बन्नका लागि आग्रह गरेका छन् । उनीहरुले स्थानिय सरकारको तर्फबाट पहल गरेर तत्कालका लागि सडकलाई हिलोरहित बनाउनुपर्ने धारणा राखेका थिए ।

नगर प्रमुख सम्भुलाल श्रेष्ठले दैनिक रुपमा आवत जावत गर्दा सडकको अबस्थाका बारेमा आफु जानकार रहेको बताउँदै तत्कालै सरोकारवालालाई बोलाएर छलफल मार्फत समस्या समाधान गर्न पहल गर्ने आस्वासन दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

नारायण भण्डारी

ट्रेन्डिङ