नवलपरासी: नारायणी कृषि सहकारी संस्था सुस्ता – ३ को चौथो वार्षिक साधारणसभा तथा प्रथम नेतृत्वचयन चयन कार्यक्रम सम्पन्न भएको छ । सोमबार सुस्ता – ३, रेवारेतामा रहेको बहुउद्देश्यीय सभाहलमा वार्षिक साधारणसभा तथा नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभालाई सम्बोधन गर्दै सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायले पछिल्लो समय सहकारी क्षेत्रमा चौतर्फी समस्या देखिएको भन्दै सहकारीको समस्या समाधानको लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । उपाध्यायले स्थानीय स्तरमा सञ्चालित सहकारीको अन्य सहकारीको तुलनामा धेरै समस्या नरहेको बताउँदै पछिल्लो समय किसानले उत्पादन गरेको दूधको खपत र भुक्तानीमा देखिएको समस्या समाधान गर्न गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।
संस्थाले प्रथम नेतृत्व चयन कार्यक्रम मार्फत खगेश्वर लटौलाको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति समेत गठन गरेको छ । संस्थाको अध्यक्षमा पुनः लटौला निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा रामचन्द्र यादव, सचिवमा रामप्रवेश कोहार, कोषाध्यक्षमा वृष नारायण महतो, सदस्यहरूमा आसरामी चौधरी, पानादेवी चौधरी, अर्जुन यादव, समतुल्ली हरिजन र रामवरण कोहार निर्वाचित हुनुभएको छ ।
त्यस्तै संस्थाको लेखा समिति संयोजकमा जोखु यादव निर्वाचित हुनुभएको छ भने लेखा समिति सदस्यहरूमा प्रह्लाद पाल ( गडेरिया ) र उत्तम कुमार कोइरी निर्वाचित हुनुभएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष लटौलाले आफूहरूले शेयर सदस्यहरू तथा किसानहरूको हितमा काम गर्दै आएको बताउँदै सबै पक्षको सहकार्यमा सहकारीको समस्या समाधानमा लाग्नुपर्ने बताउनुभयो
प्रतिक्रिया