११ कार्तिक, नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाटमा लगानी कर्तालाई सचेतना कार्यक्रम सम्पन्न भएको छ । विश्व लगानी कर्ता सप्ताह २०२४ को अवसरमा नयाँ र सम्भावित लगानीकर्ताका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ।
सिद्धार्थ क्यापिटलको सहजिकरणमा आयोजित उक्त कार्यक्रममा शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरू, बजारको अवस्थाको विश्लेषण, र विभिन्न लगानीका अवसरबारे जानकारी गराइएको थियो। कार्यक्रमका प्रमुख सिद्धार्थ क्यापिटलका प्रमुख सञ्चालन अधिकृत मुक्तिनाथ सुवेदीले नयाँ र सम्भावित लगानीकर्ताहरूलाई शेयर बजारमा कसरी लगानी गर्ने, प्राथमिक बजार तथा आईपीओ, एफपिओ, म्युचुअल फन्ड, र एसआइपीका बारेमा गहन जानकारी दिनु भयो । उहाँले नयाँ लगानीकर्ताहरू प्रायः लहैलहैमा बजारमा प्रवेश गर्ने र उचित जानकारी बिना नै लगानी गर्दा घाटा खाने गरेको बताउनुभयो। उहाँले सबैलाई शेयर बजारका आयामहरू राम्रोसँग बुझेर मात्र लगानी गर्न सुझाव दिनुभयो।
सिद्धार्थ क्यापिटलका वित्तीय र सञ्चालक प्रमुख रूपेश राउतले शेयर बजारमा लगानी गर्दा बिबिधकरणलाइ ध्यान दिनु पर्ने बताउनु भयो । उहाँका अनुसार लगानीलाई विविधीकरण गर्न सकेमा जोखिम कम हुनसक्छ र स्थायित्व प्राप्त गर्न सजिलो हुन्छ। राउतले लगानी गर्दा विभिन्न क्षेत्रको मूल्याङ्कन गरेर लगानी गर्नुपर्ने भनाइ राख्नु भयो ।
बर्दघाटमा लगानीका सम्भावनाहरू र सचेतनालाई अगाडि बढाउन ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ। सिद्धार्थ क्यापिटलको यो प्रयासले नयाँ तथा सम्भावित लगानीकर्ताहरूलाई वित्तीय साक्षरता अभिवृद्धिमा सकारात्मक प्रभाव पु¥याएको वाणिज्य संघ बर्दघाटका उपाध्यक्ष तारा प्रसाद गौतमले बताउनु भयो । गौतमका अनुसार, नयाँ लगानीकर्ताहरूले यस क्षेत्रमा ठूलो सम्भावना देख्न सक्छन् र यसले क्षेत्रीय आर्थिक प्रगतिको गतिमा सकारात्मक प्रभाव पार्न सक्ने छ।
सिद्धार्थ बैङ्कको बर्दघाट शाखा प्रबन्धक कमल पौडेलले शेयर बजारमा नयाँ र सम्भावित लगानीकर्ताहरूलाई बैङ्किङ सेवाहरू बैंकहरुले प्रदान गरिरहेको बताउनु भयो । लगानीकर्ताहरूलाई डिम्याट खाता, मेरो शेयर, र आस्बा लगायतका सेवाहरू प्रदान गरिएको पौडेलले उल्लेख गर्नु भयो । नयाँ लगानीकर्ताहरूलाई वित्तीय साक्षरता र सेवा सुविधामा पहुँच पु¥याउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।
प्रतिक्रिया